Logo
७ बैशाख २०८१, शुक्रबार
(March 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मलेसियामा‘लकडाउन’को अवधि थप, २ हप्ता अप्रिल १४ गते सम्म लम्बियो

दक्षिण एशियाली मुलुक अन्र्तगत रहेको मलेसियामा लकडाउनको अवधि २ हप्ता थपिएको छ । त्यहाँको सरकारले अप्रिल १४ गतेसम्म ‘लकडाउन’ थपेको हो ।

यसअघि मार्च ३१ गतेसम्म गर्ने भनेको लकडाउन कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि अप्रिल १४ गतेसम्म थपिएको हो ।

मलेसियाका प्रधानमन्त्री तनश्री मुहिद्धिन यसिनले राष्ट्रिय सुरक्षा परिषद र स्वास्थ्य मन्त्रालयसँगको ब्रिफिङपछि आफूले यस्तो निर्णय लिएको बताएका छन् ।

मलेसियामा पछिल्लो समय संक्रमितको सङ्ख्या बढ्दै गएको छ । प्रधानमन्त्री यसिनले त्यहाँका नागरिकलाई यो लामो समय घरमै बस्न मानसिक र शारीरिक हिसाबले तयार रहन पनि आग्रह गरैका छन् ।

मलेसियामा हिजो एकै दिनमा मात्र एकसय ७२ नयाँ व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ ।

वैदेशिक रोजगारीको क्रममा मलेसियामा रहेका नेपालीलाई केही समस्या भएमा ६०३२०२०१८९९ र ६०२०२०१८९८ मा सम्पर्क गर्न त्यहाँ रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।

अहिले मलेसियामा १६ सय २४ जनामा कोरोना संक्रमण भइसकेको छ भने कोरोनाकै कारण १६ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति: Mar 25, 2020

प्रतिक्रिया दिनुहोस्