Logo
१३ बैशाख २०८१, बिहीबार
(March 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैंकका एटीएम नियमित खुला, सकभर विद्युतीय कारोबार गर्न बैंकर्स सङ्घको अनुरोध

कोरोना संक्रमणबाट बच्नको लागि सरकारले यतिबेला देशभर लकडाउन घोषणा गरेको छ । सो लकडाउन समयमा पनि बैंकका एटीएम नियमित खुलिरहेका छन् ।

नेपाल बैंकर्स सङ्घले सबै बैंकका एटीएम चलेको नियमित रुपमा पैसा राख्ने काम भइरहेको जनाएको छ ।अहिले बैंक तथा वित्तीय संस्थामा तीन हजार ६ सय ६२ वटा एटीएम सञ्चालनमा छन् ।

तर एटीएम बुथ नभएका बैंकका शाखाहरु सीमित समयको लागि मात्रै खुल्ने भएका छन । यसको लागि पनि सम्बन्धित ठाउँको प्रशासनसँग अनुमति लिनुपर्नेछ ।

बैंकर्स सङ्घले आफ्ना सदस्य बैंकहरुलाई एटीएम नभएका शाखा हरेक दिन ११ बजेदेखि १ बजेसम्म खोल्न निर्देशन दिएको छ ।

तर लकडाउनको बेला बाहिर निस्कन नपाइने भएकाले सकभर डिजिटल बैंकिङको प्रयोग बढाउन पनि सङ्घले आग्रह गरेको छ ।

बैंकमा जाँदा कोरोनाका जोखिम हुने भएकाले राष्ट्र्र बैंकले विद्युतीय कारोबार र मोबाइल बैंकिङको कारोबार सीमा बढाएको छ ।

यस्तै इन्टरनेट बैंकिङमार्फत अकाउन्टमा पैसा ट्रान्सफर गर्दा एक दिनमा १० लाख र एक महिनामा ५० लाख रुपैयाँसम्म भुक्तानी गर्न पाइने भएको छ ।

एउटा वालेटबाट अर्को वालेटमा पनि एक पटकमा २५ हजार, एक दिनमा १ लाख र एक महिनामा ५ लाख रुपैयाँ पठाउन सकिनेछ ।

नोटमार्फत कारोबार गर्दा सङ्क्रमणको जोखिम बढेपछि नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीको सीमा बढाएको छ । राष्ट्र बैंकको निर्देशन अनुसार मोबाइल बैंकिङ वा कोडमार्फत भुक्तानी गर्दा एक दिनको सीमा एक लाख र महिनाको सीमा १० लाख रुपैयाँ पुर्याइएको छ ।

यस्तै बैंक खाताबाट वालेटमा पैसा पठाउँदा एक पटकमा २५ हजार, एक दिनमा १ लाख र एक ५ महिनामा  लाख रुपैयाँसम्म पठाउन सकिनेछ ।

प्रकाशित मिति: Mar 25, 2020

प्रतिक्रिया दिनुहोस्