Logo
७ बैशाख २०८१, शुक्रबार
(March 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा रहेका सम्पूर्ण नेपालीलाई आफू बसेको ठाउँ नछाड्न दूतावासको अनुरोध

छिमेकी देश भारतमा रहेको नेपाली दूतावासले भारतमा रहेका सम्पूर्ण नेपालीलाई आफू बसेको ठाउँ नछाड्न अनुरोध गरेको छ ।

कोरोनाको माहामारी फैलिएको अवस्थामा भारत सरकारले लागू गरेको कर्फ्यु र ‘लकडाउन’ आदेश तथा सूचनाको पूर्ण पालना गर्न दुतावासले सूचना निकालेर अनुरोध गरेको हो ।

भारतका विभिन्न २२ राज्यका ७५ जिल्लामा ‘लकडाउन’ गरिएको छ ।  भारतमा अहिलेसम्म ५ सय ११ जनामा कोरोना सङ्क्रमण भएको छ भने १० जनाको मृत्यु भएको छ ।

 

प्रकाशित मिति: Mar 24, 2020

प्रतिक्रिया दिनुहोस्