Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जुम्लामा सरकारको ‘लकडाउन’ आदेश कार्यान्वयन नभए पछि कर्फ्यु

कर्णाली प्रदेश स्थित जुम्लामा ‘लकडाउन’ कार्यान्वयन नभएपछि जुम्लामा निषेधाज्ञा जारी भएको छ ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले कोरोनाको रोगथामको लागि उच्च सतर्कता अपनाउन निषेधाज्ञा जारी गरेको जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारीले जारी निषेधाज्ञामा औषधि उपचार, खाद्यन्न अपूर्ति र अत्यावश्यक काममाबाहेक बाहिर ननिस्कन आदेश गरिएको छ ।

अनुमति प्राप्त गाडी, सुरक्षा र स्वास्थ्यकर्मीका गाडीबाहेक अन्यमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी बञ्जाडेले जानकारी गरे ।

निषेधाज्ञा जारी गरेपछि अहिले जुम्ला सदरमुकाम बन्द भएको छ । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञामा अतिआवश्यक औषधि र खाद्यबस्तु खरिद गर्न बिहान ७ बजेदेखि ९ बजेसम्म र दिउँसो ४ बजेदेखि ६ बजेसम्म समय निर्धारण गरिएको छ ।

हेल्थ डेस्कहरुमा आजै नेपाली सेना खटाइएको प्रजिअ बञ्जाडेले जानकारी दिए । अहिले बाहिरबाट जिल्लामा भित्रने व्यक्तिहरु धमाधम आउने भएकाले जाँच गरेर मात्रै पठाइने गरिएको छ ।

जुम्लामा प्रवेश हुने बिन्दु नाग्ममा एकै दिन १ हजार २ सय बढी व्यक्ति जुम्ला प्रवेश गरेका छन् । स्थानीय प्रशासनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले डा. धिरज गुरुङको नेतृत्वमा टोली खटाएर सम्पर्क गर्न भनेको छ ।

प्रकाशित मिति: Mar 24, 2020

प्रतिक्रिया दिनुहोस्