Logo
६ बैशाख २०८१, बिहीबार
(March 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाको लक्षण देखिएपछि चार बालकमा कान्तिबाल अस्पतालको आइसोलेसनमा

काेभिड-१९ काे लक्षण देखिएपछि चार बालकलाई कान्तिबाल अस्पतालमा आइसाेलेसनमा राखिएकाे छ । उनीहरुलाई आइतबार एकजना र सोमबार दुईजना गरी चारजना बालक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको अस्पतालका निर्देशक डा. कृष्ण पौडेलले जानकारी दिएका छन्।

उनका अनुसार आइतबार भर्ना भएका बालक १४ वर्षीय र सोमबार भर्ना भएका बालकहरु क्रमशः साढे चार र चार वर्षका छन्। उनले भने, ‘आइतबार आइसोलेसनमा भर्ना भएका बालकका बाबु दुबईबाट फर्किएका थिए।

यसका साथै सोमबार एक बालका काका चीनबाट र अर्का बालकका बाबु कतारबाट फर्किएका रहेछन्। उनीहरुमा कोरोनाका लक्षणसँग मिल्दोजुल्दो लक्षण देखिएको छ। सोमबारै अर्का एक बालक पनि थपिएका छन् । उनीहरुको परीक्षण गरेर आइशोलेनमा राखिएको छ। उनीहरुको पूरै रिपोर्ट आएको छैन। ‘

चारै जनाको आइसोलेसनमा राखेर उपचार भइरेको छ। ती बालकका अभिभावक कोरोना प्रभावित देशबाट स्वदेश फर्किएको १४ दिन नपुगेको र उनीहरुको सम्पर्कमा रहेका बालकहरुमा कोरोनाको लक्षण देखिएको भन्दै उनीहरुलाई अस्पताल ल्याइएको निर्देशक डा. पौडेलको भनाई छ।

प्रकाशित मिति: Mar 24, 2020

प्रतिक्रिया दिनुहोस्