Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहा पाउनुहोस्, कोरोना सङ्क्रमणको शङ्का लागेमा कसलाई र कहाँ सम्पर्क गर्ने ?

काठमाण्डौ : बर्तमान समयमा कोरोना भाइरसले विश्वमाहामारी रुपलिरहेरको अवस्थामा हामो देश नेपोेलमा  कोरोना भाइरको जाँच टेकुमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्रै गर्न सकिन्छ ।

हिजो मात्र १ जना १९ वर्षी फ्रान्सबाट आएकी नेपाली युवतीलाई कोरोना लागेको भनि स्वास्थ्य मन्त्रीले पत्रकार सम्मेलन गरि आधिकारीक जानकारी दिएका छन् ।

तर कोरोनाको उपचारको लागि सरकारले सबैजसो अस्पतालमा आइसोलेशन बेडको व्यवस्था गरेको छ । ती अस्पतालले नमुना लिएर परीक्षणको लागि जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाउनेछन् र कोरोना लागेको वा नलागेको पुष्टि टेकु अस्पतालले गर्नेछ ।

कोरोनाको भाइस लाग्दा सुरुमा उच्च ज्वरो आउने, सुख्खा खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने,वाक्वाकी लाग्ने जस्ता यी मुख्य लक्षण विरामीमा देखिएमा काठमाण्डौका सबै मुख्य अस्पताल सहित जिल्ला अस्पतालहरुमा जान सकिने छ ।

तर कोही कोहीलाई कुनै पनि लक्षण नदेखिएर पनि कोरोना लाग्न सक्ने डाक्टर विज्ञको भनाई रहेको छ । अहिले सबैजसो सरकारी अस्पतालले कोरोना सङ्क्रमणको शङ्का लागेका बिरामीको उपचार गर्ने कक्ष अर्थात् आइसोलेशन वार्डको व्यवस्था गरिसकेका छन् ।

हामीलाई कोरोनाको शङ्का लागेमा निन्न तल दिएका अस्पताल र डाक्टरलाई सम्परक गर्न सकिन्छ ।

कोरोनाको विशेष उपचार गर्न सेना र सशस्त्र प्रहरीलाई मुख्य जिम्मेवारी

नेपाल सरकारले कोरोना सङ्क्रमितको उपचारको लागि सरकारले सुरक्षा निकाय र उनीहरुका संस्थालाई नै अघि सारेको छ ।
काठमाण्डौको सतुङ्गलमा रहेको सशस्त्र प्रहरीको अस्पताललाई डेडिकेटेड कोरोना अस्पताल बनाउन प्रक्रिया सुरु भएको छ । अस्पताललाई आवश्यक पर्ने साधन, स्रोत र जनशक्तिका बारेमा सरकारलाई प्रतिवेदन बुझाइ सकिएको छ ।

अस्पतालमा पूर्वाधार व्यवस्थापन गर्न र त्यहाँ उपचाररत बिरामीलाई अन्यत्र सार्ने तयारी भइरहेको सशस्त्र प्रहरीका प्रवक्ता प्रविनकुमार श्रेष्ठले जानकारी दिए । नेपाल सरकारले अब विभिन्न उपकरण जडान र डाक्टर तथा नर्सको व्यवस्था गर्ने पनि प्रवक्ता श्रेष्ठले बताए ।

यस्तै सेनाले आफूसँग भएका विशेष खालका आठ वटा एम्बुलेन्स पनि प्रयोग गर्ने जनाएको छ । चीनले दिएका यस्ता एम्बुलेन्समा भित्रै राखेर उपचार गर्न मिल्नेछ ।

यस्तै नेपाली सेनाले पनि देशका विभिन्न पृतनामा २ हजार २२ वटा क्वारेन्टाइन बेड र ८ सय ३८ वटा आइसोलेशन बेड तयार पारेको छ ।

कोरोनाको उपचारको लागि नेपाली सेनाले चीनबाट सहयोग प्राप्त मोबाइल अस्पताल पनि प्रयोगमा ल्याउनेछ । २ वटा मोवाइल अस्पतालमा एकैपटक सय जनाको उपचार गर्न सकिनेछ ।

प्रकाशित मिति: Mar 24, 2020

प्रतिक्रिया दिनुहोस्