Logo
११ बैशाख २०८१, मंगलबार
(March 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खुशीको खबर : यूएईमा कोरोना संक्रमित दुवै नेपाली निको भए

संयुक्त अरब इमिरेट्स यूएईमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित दुई जना नेपाली उपचारपछि निको भएका छन् । यूएईको स्वास्थ्य मन्त्रालयले अवुधाबीमा रहेका दुवै नेपालीलाई स्वास्थ्यलाभ भएको जानकारी दिएको युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले जानकारी दिए ।

कोरोनाबाट पीडित ती नेपालीहरुको परिचय भने गोप्य राखिएको छ । वैदेशिक रोजगारीको सिलसिलामा यूएईको अबुधाबीमा गएका दुई जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसनमा राखेर उपचार जारी राखिएको थियो ।

यूएईको स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितमध्ये हालै दुई जना नेपालीसहित तीन जना बिरामी निको भएका छन् । एक जना भने इटालीका नागरिक छन् ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि युएई सरकारले पर्यटकीयस्थल, रेस्टुरेन्ट, मानिसहरुको जमघट हुने प्रमुख क्षेत्र तथा विद्यालयहरू अनिश्चितकालका लागि बन्द गराएको छ । साथै यूएई भ्रमणमा आउनेहरूका लागि भिसासमेत बन्द गरिएको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमणलाई विश्व महामारीको संज्ञा दिएसँगै यूएई सरकारले सतर्कता अपनाएको छ । यद्यपि हालै त्यहाँ १९ जना नयाँ संक्रमित फेला परेका थिए ।

प्रकाशित मिति: Mar 24, 2020

प्रतिक्रिया दिनुहोस्