Logo
१३ बैशाख २०८१, बिहीबार
(March 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना त्रास : धनुषा प्रहरीले गर्यो हिरासतमा रेहका अभियुक्त रिहा

प्रदेश नं २ स्थित जिल्ला प्रहरी कार्यालय धनुषाले कोरोना भाइरस संक्रमणको त्रास रहेका बेला प्रहरी हिरासतको चाप घटाउने रणनीति लिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेतले कोरोना सर्ने खतराका कारण सामान्य प्रकृतिका मुद्दाका थुनुवालाई रिहा गर्ने रणनीति रहेको बताए ।

कोरोना भाइरस संक्रमणको त्रास रहेका बेला प्रहरीको थुनामा भीडभाड हुँदा असुरक्षा हुने भएकाले प्रहरीले थुनुवालाई छिट्टै मुद्दा हेर्ने निकायमा पेश गरेर पुर्पक्षका लागि थुनामा वा रिहा गरिरहेको छ ।

प्रहरी हिरासतमा रहेका सामान्य प्रकृतिका मुद्दाका अभियुक्त रिहा हुन थालेका छन् । प्रहरी नायव उपरीक्षक (डीएसपी) रामेश्वर कार्कीले आइतवार १२ जनालाई मुद्दा हेर्ने निकायमा पेश गरिएकोमा ४ जना पुर्पक्षका लागि थुनामा पठाइएको र ८ जनालाई रिहा गरिएको बताए ।

सोमवार समेत १० जनाजति थुनुवालाई मुद्दा हेर्ने अधिकारीसमक्ष पेश गरेर कानून बमोजिम हुने उनले बताए । प्रहरी कार्यालयको हिरासतमा ६० जना छन् ।

प्रकाशित मिति: Mar 23, 2020

प्रतिक्रिया दिनुहोस्