Logo
१३ बैशाख २०८१, बिहीबार
(March 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नाजायज सम्बन्ध राखेकै कारण सिताले गरिन आत्महत्या, प्रहरीले दर्ता गर्न मानेन उजुरी

सुनसरीको गढी गाउँपालिका २ स्थित औरावनि घर भएकी सीता थान्दार विश्वासले २०७६ चैत ६ गते विहिबार दिउँसो ३ बजे आफनै घरमा सुसाईट नोट लेखि सलमा झुन्डिएर आत्महत्या गरेकी छिन ।

सुसाईट नोटमा आत्महत्या गर्नुको कारण आफ्नो श्रीमान दिवस बिश्वासले गढी गाउँकी एक आईमाई भद्रीसँग नाजायज सम्बन्ध राखेको कारणले आत्महत्या गर्नु परेको सुसाईट नोटमा उल्लेख छ ।

सुसाइट नोटमा लेखिएको छ ;म आत्म हत्या गनुृको कारण मेरो श्रीमान नाजायज सम्बन्ध राख्ने गाउँकै आइमाइ भद्री हो,भद्री मेरा हत्याको कारण हो, कानूनले मलाइ न्याय दिन्छ भने बिश्वास छ, गाउँ समाज निर्दोस छ ,अभागी सिता ; ।

मृतक सिताका बुवा धर्मनारायण विश्वासले सन्चारकर्मीहरुलाई सोमबार ईलाका प्रहरी कार्यलय दुहबीकै अगाडि भक्कानिदै भने प्रहरीले जाहेरि दर्ता गर्न मानेन, कानुनी राज्यमा किन यस्तो भएको भन्दै न्यायको लागि मानव अधिकार कर्मी संचारकर्मी, नागरिक समाज राजनीति दल लगायत सँग अपिल समेत गरेका छन ।

मृतक सिताको माईती घर सुनसरीको दुहबी २ स्थित पचिरा हो । सिताको २०६७ फागुन २९ गते गढि २ औरावनि घर भएको दिवस थान्दार सँग विवाह भएको थिए ।

विगत ६ महिना देखि सिता र दिवस विच सम्बन्ध विग्रदै आएको तथा वेला वेलामा दिवस बिश्वासले कुटपिट गरेको उजुरि समेत औरावनी प्रहरी चौकीमा रहेको सिताका बुवा धर्मनारायण विश्वासले बताए ।

विश्वासका अनुसार घरेलु हिंसा खेप्दै आएकी आफ्नो छोरीले सुसाइट नोट लेखेर आत्महत्या गर्दा समेत दुहबी प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दा न चलाइ अभद्र मुद्दा चलाएकोमा दुखेसो पोख्दै न्यायकोलागि अदालत समेत जाने बताए ।

यता सो घटनाको बीषयमा ईलाका प्रहरी कार्यलय दुहबीका प्रहरी निरीक्षक प्रविण कार्कीसँग बुझ्दा पोष्टमार्टमको रिर्पोट न आएसम्मकोलागि अभद्र मुद्दा चलाएर म्याद थप गराइसकेकोले थप अनुसन्धान भइरहेको बताए ।

प्रकाशित मिति: Mar 23, 2020

प्रतिक्रिया दिनुहोस्