Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पटनामा भर्ना रहेका नेपालीलाई भनिएको कोरोना संक्रमणको औपचारिक पुष्टि हुन बाँकी

भारत पटनामा उपचाररत प्रदेश २ स्थित बिरगंजका एक जना नेपालीमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको पुष्टि भएको दावी गरिएपनि अस्पतालले भने औपचारिक रूपमा त्यस्को पुष्टि गरेको छैन ।

प्रतिष्ठित ब्यापारिक घरानाका उनी वीरगञ्जका नेपाली हुन् । उनी केही दिनअघि अस्पतालमा भर्ना भएका थिए । उनको पटना मेडिकल कलेजमा उपचार भईरहेको छ ।

तर उनलाई कोरोना संक्रमण भएको पुष्टि भइनसकेको पटना मेडिकल कलेज, बिहारका प्रिन्सिपल प्रा. डा. विद्यापति चौधरीले दावी गरेका छन् ।

‘उनको उपचार जारी छ, केही रिपोर्ट आउन बाँकी नै छ’, चौधरीले टेलिफोन कुराकानीमा भने, ‘हामीले उनको रिपोर्ट नेशनल इस्टिच्यूट अफ मेडिकल साइन्स, पुनेमा पठाएका छौं ।’

उनको विस्तृत रिपोर्ट आउन दुई-तीन दिन लाग्ने उनले बताए । उनले थपे, ‘त्यसपछि मात्रै विस्तृतमा भन्न सकिन्छ ।’

भारतीय संचार माध्यमहरुले भने उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको उल्लेख गरेका छन् । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले पनि परिवारबाट पनि त्यस्तै खबर आएको बताएका छन् । उनले औपचारिक रूपमा भने दावी गर्न अस्विकार गरेका छन् ।

सव परिवार क्वारेन्टाइनमा
६ दिन अघि बिरामीलाई वीरगञ्जको गण्डक अस्पतालले पटना रिफर गरेको थियो । संक्रमित ती व्यापारीले केही दिन अघि घरमा नै बोलाएर चिकित्सकलाई देखाएपछि उनलाई गण्डक अस्पताल लगिएको थियो ।

यता पर्साका प्रमुख जिल्ला अधिकारी कार्कीले पनि यो विषयको पुष्टि गर्दै ती व्यापारीका परिवारलाई होम क्वारेन्टाइनमा राखिएको जानकारी दिएका छन् ।

उनका अनुसार वीरगञ्ज महानगरपालिका १० आदर्शनगरका ६७ वर्षीय शिवकुमार रुंगटालाई  कोरोना भाइरसको आशांका गरिएको हो ।

प्रकाशित मिति: Mar 22, 2020

प्रतिक्रिया दिनुहोस्