Logo
६ बैशाख २०८१, बिहीबार
(March 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बीरगञ्जका एक जना ब्यापारीमा कोरोनाको संक्रमण भएको खबर, पुष्टि हुन बाँकी, सव परिवार क्वारेन्टाइनमा

प्रदेश २ स्थित पर्साको वीरगञ्जमा एक जनामा कोरोनाको संक्रमण भेटिएको खबर छ । तर समाचारको औपचारिक पुष्टि भएको छैन ।

एक प्रतिष्ठित व्यापारीमा कोरोना भाइरसको संक्रमणको भएको खबर सार्वजनिक हो ।

बिरामीलाई कोरोना भाइरसको संक्रमण भएको भारतस्थित पटना मेडिकल कलेजको पुष्टि गरेको भन्दै भारतीय मिडियामा समाचार छ । ६ दिन अघि बिरामीलाई वीरगञ्जको गण्डक अस्पतालले पटना रिफर गरेको थियो ।

संक्रमित ती व्यापारीले केही दिन अघि घरमा नै बोलाएर चिकित्सकलाई देखाए पछि उनलाई गण्डक अस्पताल लगिएको थियो ।

यता पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले पनि यो विषयको औपचारिक पुष्टि गर्न अस्वीकार गर्दै ती व्यापारीका परिवारलाई होम क्वारेन्टाइनमा राखिएको जानकारी दिए ।

उनका अनुसार वीरगञ्ज महानगरपालिका १० आदर्शनगरका ६७ वर्षीय शिवकुमार रुंगटालाई  कोरोना भाइरसको आशांका गरिएको हो ।

 

प्रकाशित मिति: Mar 22, 2020

प्रतिक्रिया दिनुहोस्