ड्रीम्स गेटको प्रस्तुति, मेलिना राइको स्वरमा ‘शुभकामना’ गीत सार्वजनिक (हेर्नुस् भिडियो)
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण नेपाली चलचित्र उद्योग पूर्ण रुपमा प्रभावित भए पनि नेपाली सांगीतिक छेत्रमा गीतहरु भने केहि संख्यामा सार्वजनिक भैरहेका छन् यसै क्रममा ड्रीम्स गेट इन्टरटेन्ट्मेन्टले लोकप्रिय गायिका मेलिना राइको स्वर रहेको ‘शुभकामना’ बोलको गीत सार्वजनिक गरेको छ ।
लोकप्रिय कवि तथा गीतकार भावेश भुमरीको शब्द र रोशन गुरुङको सगीत रहेको गीतको म्युजिक भिडियोमा चर्चित मोडेल अन्जली अधिकारी र बालकलाकार एरिक बी शाहको अभिनय रहेको छ ।
गौरव गिरीको निर्देशनमा बनेको भिडियोमा सुरेश राउतको सम्पादन र उत्तम हुमागाईको सिनेमाटोग्राफी रहेको छ।