Logo
१५ चैत्र २०८०, बिहीबार
(March 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तामाको वस्तु पगाल्ने क्रममा कैलालीमा विस्फोट, एकको मृत्यु

सुदूरपश्चिम प्रदेश स्थित कैलालीको विकट क्षेत्र गोदावरी नगरपालिका-४, फुलबस्तीमा विस्फोट भएको छ । विस्फोटमा परि अन्दाजी ३५ वर्षीय नरबहादुर विकको मृत्यु भएको छ ।

विकले गाउँमा तामाको वस्तु फेला पारेपछि पगाल्ने क्रममा पड्किएको कैलाली प्रहरी प्रमुख एसपी सुदीप गिरीले जानकारी दिए । उक्त वस्तुमा विस्फोटक पदार्थ थियो वा थिएन भन्ने प्रहरी अधिकृत घटनास्थलमा पुगेपछि मात्रै थाहा हुने गिरीले बताए ।

प्रकाशित मिति: Mar 22, 2020

प्रतिक्रिया दिनुहोस्