Logo
१५ चैत्र २०८०, बिहीबार
(March 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना असर : अनिश्चितकालका लागि पाथिभरा मन्दिरको दर्शन निषेध

प्रदेश नं १ स्थित ताप्लेजुङ जिल्लामा पर्ने प्रसिद्ध धार्मिक स्थल पाथिभरामा कोरोना संक्रमण फैलन सक्ने त्रासका कारण अनिश्चितकालका लागि मन्दिरको दर्शन निषेध  गरिएको छ ।

अर्को सूचना जारी नभएसम्मका लागि दर्शनमा रोक लगाइएको हो। पाथिभरा मन्दिर दर्शनमा दैनिक ३ हजारभन्दा बढीले दर्शन गर्दै आएका थिए।

पाथिभरा मन्दिर क्षेत्रमा दर्शन गर्ने भक्तजनहरुको संख्या बढेको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि मन्दिर दर्शन स्थगित गरिएको जिल्ला प्रशासन कार्यलय ताप्लेजुङले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय तप्लेजुङले जारी गरेको विज्ञप्तीमा कोरोना संक्रमण फैलन सक्ने भएकाले मन्दिर दर्शनमा रोक लगाएको हो । यो महिना पाथीभरा दर्शन गर्न जाने मौसम हो।

प्रकाशित मिति: Mar 22, 2020

प्रतिक्रिया दिनुहोस्