Logo
८ बैशाख २०८१, शनिबार
(March 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना असर : गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण स्थगित

बाग्मती प्रदेश स्थित चितवनमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम पनि स्थगित भएको छ ।

कोरोना भाइरस संक्रमणको अवस्थालाई मध्यनजर गर्दै धुर्मुस सुन्तली फाउण्डेसनले रामपुरमा निर्माण गरिरहेको रङ्गशालाको काम अहिलेलाई रोकिएको हो ।

सरकारले २५ जनाभन्दा बढी भेला नहुन निर्देशन दिएपछि अवस्था सामान्य नहुँदासम्मलाई रङ्गशालाको काम स्थगित गरिएको फाउण्डेसनले विज्ञप्तिमार्फत जनाएको छ ।
भरतपुर नगरपालिकाले उपलब्ध गराएको २० बिघा ६ कठ्ठा क्षेत्रफलमा रङ्गशाला निर्माण भइरहेको छ ।

प्रकाशित मिति: Mar 21, 2020

प्रतिक्रिया दिनुहोस्