Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली खेलकुदमा पनि कोरोनाको असर, पोखरामा ओलम्पिक कमिटी बैठक

विश्वभर फैलिएको कोरोनाको असर नेपाली खेलकुदमा पनि परेको छ । आन्तरिक गतिविधि लगभग ठप्पको अवस्थमा नेपाल ओलम्पिक कमिटी NOC कार्यसमितिको बैठक पोखरामा सुरु भएको छ ।

बैठकका लागि एनओसीका अधिकांश पदाधिकारी पोखरा पुगिसकेका छन् । १३ औं दक्षिण एसियाली खेलकुद SAG सम्पन्न भएको ३ महिना भन्दा लामो समयपछि एनओसीको बैठक बसेको हो ।

एनओसीले आफ्ना उप महासचिव समेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्षबाट सागको प्रतिवेदन पनि बुझिसकेको छ ।

एनओसीले बैठकका विषयमा औपचारिक जानकारी भने दिएको छैन ।

सागमा नेपालले अहिले सम्मकै सबैभन्दा बढी सफलता हासिल गर्ने क्रममा ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक जितेको थियो ।

३५ वर्षे साग इतिहासमा नेपालको यो सर्वा्धिक सफल SAG हो । यता, यसै महिना आयोजना हुने भनिएको एभरेष्ट प्रिमियर लिग (एपिएफ), अष्ट्रेलिया र चाइनिज ताइपेविरुद्ध हुने विश्व कप छनोट लगायत मोफलसका अधिकाशं नकआउट फुटबल प्रतियोगिता स्थागित भइसकेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक बी डिभिजन लिग भने रोकेको छैन । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा जारी छ ।

 

 

 

प्रकाशित मिति: Mar 16, 2020

प्रतिक्रिया दिनुहोस्