Logo
२४ असार २०८२, मंगलबार
(March 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आश्चर्य नमान्नुस् : ‘जुनेली रात’ मा महिला-महिलाबीचको यस्तो छ, शारीरिक मोह (हेर्नुस् भिडियो)

नेपाली समाज पनि धेरै परिवर्तन हुदै गएको छ नेपाली चलचित्रसंगै नेपाली म्युजिक भिडियोमा पनि समाज र मानिसको व्यवहारमा आएको परिवर्तनलाई समेटेर मेकिङ्ग गर्न थालिएको छ ।

समाजले समलिंगी प्रेमलाई सहज रुपमा लिन थालेको पनि धेरै भयो । दुई महिला बिचको प्रेमको बिषयलाई समेटेर बनाइएको म्युजिक भिडियो ‘जुनेली रात’ सार्वजनिक भएको छ।

लामो समयदेखि अस्ट्रेलिया बस्दै विश्वका सबै देशहरुमा हुने विभिन्न इभेन्ट्सहरुको भाग लिइसकेकी गायिका, एवं हट नायिका स्मृति पोखरेल र नव मोडेल नम्रता पौडेललाइ फिचर्ड गरिएको भिडियोमा महिला–महिलाबीचको शारीरिक मोहलाई देखाइएको छ।

गोविन्द प्रसाद उपाध्यायको शब्द र स्मृति पोखरेलको स्वर, अनिश श्रेष्ठको संगीत रहेको ‘जुनेली रात’ मा कुमार गुरुङको संगीत संयोजन रहेको छ । ललित थापाको निर्देशनमा बनेको भिडियोमा राम सिंह भट्टको छायांकन गरेका हुन ।

हेर्नुस् भिडियो :

प्रतिक्रिया दिनुहोस्