Logo
६ बैशाख २०८१, बिहीबार
(March 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्विटरले आफ्ना विश्वभरका कर्मचारीलाई घरबाटै काम गर्न आग्रह

विश्वभर कोरोनाको त्रास फैलिरहेको भन्दै सामाजिक नेटवर्क प्लेटफर्म ट्विटरले आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न आग्रह गरेको छ ।

ट्विटरले एक सूचना जारी गर्दै भनेको छ, यो अभूतपूर्व कदम भएको हामी बुझ्छौं । तर, यो अकल्पनीय अवस्था हो । र, हामीले सक्ने सम्पर्ण सहयोग गर्न तयार छौं ।

विश्वभरमा कोरोनाबाट एक लाख २६ हजारभन्दा बढी संक्रमित छन् भने चार हजार ६ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना संक्रमणबाट हाल जापान, दक्षिण कोरिया, इरान, इटालीलगायतका मुलुहकहरु छन् ।

 

प्रकाशित मिति: Mar 12, 2020

प्रतिक्रिया दिनुहोस्