Logo
१५ चैत्र २०८०, बिहीबार
(March 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मिस नेपाल २०२० को क्रिएटिभ तथा डिजिटल मार्केटिङको जिम्मेवारी बिनस्टक एशियालाई

काठमाडौं । द हिडल ट्रिएजरको फ्रान्चाइज मिस नेपाल २०२० को क्रिएटिभ तथा डिजिटल मार्केटिङको अधिकार बिनस्टक एशियाले पाएको छ । यसको स्थापना सन् १९९५ मा भएको थियो । यो मुम्बईमा डिजिटल मार्केटिङ र क्रिएटिभको लागि ख्याती प्राप्त संस्था हो ।

यो नियोगले नेपालमा मिस नेपाल २०२० को विस्तारको काम गर्नेछ । साथै उसले नीतिगत सहकार्य र  समन्वय र उत्कृष्ट डिजिटल मार्केटिङ लगायतका विभिन्न तरिकाले विश्वमा पनि चिनाउन सहयोग पुर्याउनेछ ।

बिनस्टकएशियाका संस्थापक उपेन्द्र सिंह ठाकुरले भने, ‘नेपालमा मिस नेपाल ब्राण्डको छविमा सुधारका साथै हामी अन्य ब्राण्ड तथा सेवा कम्पनीसँग सहकार्य गरेर नयाँ प्रेरणा दिने काम पनि गर्नेछौं ।’

द हिडन ट्रिएजरका प्रमोटर प्रमोदरत्न कंसाकारले भने, ‘हामी बिनस्टकएशियालाई हाम्रो सृजनशीलता तथा डिजिटल सहकर्मी बनाउन पाउँदा पाउँदा निकै खुसी छौं । यसबाट हाम्रो ब्राण्डलाई अफलाइन र अनलाइन जगतमा स्थापित गर्न र यसको आकर्षण नेपालमा मात्र नभई विश्वभर विस्तार गराउन सक्छ ।

प्रकाशित मिति: Mar 6, 2020

प्रतिक्रिया दिनुहोस्