Logo
७ बैशाख २०८१, शुक्रबार
(March 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भयो ‘प्रथम सुकुटे महोत्सव’

सिन्धुपाल्चोक : प्रथम सुकुटे महोत्सव १० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

घोषणापत्रमा सुकुटे र आसपासका क्षेत्रका कृषिजन्य वस्तु उत्पादनका लागि स्थानीय तहको अगुवाईमा कृषि प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने, होटल तथा रिर्सोट आसपासका क्षेत्रमा होमस्टे, फार्मस्टे, अर्गा्निक भिलेजको अवधारणालाई प्रोत्साहन गरिने, नदी संरक्षण र पर्यटनलाई व्यवस्थित गर्न करिडोर हरियाली अभियान सञ्चालन गर्ने विषयलाई समेटिएको छ ।

त्यस्तै स्थानीय कला संस्कृतिको संरक्षण र प्रबद्र्धन गरिने, व्यवसायीको लगानी सुरक्षित गर्न लगानीमैत्री वातारण सिर्जना गर्ने, सिन्धुका सम्पूर्ण पर्यटकीय क्षेत्रको प्याकेज तयार पारी प्रचार प्रसार गरिने घोषणापत्रमा उल्लेख गरिएको छ ।

पर्यटकीय क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गर्ने, सुकुटेलाई पर्यटकीय हव निर्माण गर्ने, स्थानीय परिकारको प्रवद्र्धन गर्ने, सांस्कृतिक क्यालेण्डर निर्माण गर्ने, पर्यटकीय सूचना केन्द्र निर्माण गर्ने विषय घोषणापत्रमा समेटिएको छ ।

फागुन १७ बाट सुरु भएको महोत्सव २० गतेसम्म चलेको थियो ।

प्रकाशित मिति: Mar 4, 2020

प्रतिक्रिया दिनुहोस्