Logo
१३ बैशाख २०८१, बिहीबार
(March 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चितवन प्रशासनले निकाल्यो सूचना, सार्वजनिक कार्यक्रम गरे कारबाही

बाग्मती प्रदेश अन्तरर्गत चितवनको जिल्ला प्रशासनले कोराना भाइरसको संवेदनशीलतालाई मध्यनजर गर्दै मेला महोत्सव एवं सार्वजनिक कार्यक्रमबाट रोक लगाएको छ ।

मंगलबार साँझ जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना प्रकाशित गरी चीनबाट फैलिएको कोरोना नेपालमा पनि उत्तिकै चुनौतीको रुपमा रहेको भन्दै जिल्लामा मेला, महोत्सव, सार्वजनिक कार्यक्रम गर्न गराउन रोक लगाइएको हो ।

सूचनालाई अवज्ञा गरी यस्ता काम गरिएको खण्डमा कानुन अनुसार कारवाही गरिने भन्दै कार्यालयले सचेत गराएको छ ।

यसैबीच जिल्लामा सञ्चालनमा रहेका महोत्सव आज बुधबारदेखि सम्पूर्ण चालु महोत्सवहरुमा रोक लगाइएको छ भने आगामी दिनमा तय गरिएको मेला महोत्सव समेत तत्कालका लागि रद्ध गरिएको छ ।

प्रकाशित मिति: Mar 4, 2020

प्रतिक्रिया दिनुहोस्