Logo
६ बैशाख २०८१, बिहीबार
(March 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हिमालय एअरलाइन्सले ल्यायो नयाँ विमान

हिमालय एअरलाइन्सले ए ३१९–११५ सिरिजको उक्त नयाँ विमान सोमबार काठमाण्डौमा ल्याएको छ ।

नयाँ विमानको प्रवेशसँगै हिमालय एअरलाइन्ससँग तीन वटा एअरबस ए ३२०–२१४ र एक एअरबस ३१९–११५ गरी ४ वटा विमान भएका छन् ।

शनिबार आइपुगेको एअरबस ए ३१९–११५ छोटोदेखि मध्यम दुरीको उडान भर्ने एअरबस ए–३२० परिवारकै विमान हो । एअरबस कम्पनीद्वारा निर्मित यो विमान न्यारोबडी, दुई इन्जिनयुक्त जेट विमान हो ।

आठ बिजनेस क्लास सिट र १ सय २० इकोनोमी क्लास सिट क्षमता रहेको विमानले १५ प्रतिशतसम्म इन्धन बचत गर्न सक्नेछ ।

क्यापटेन हाओ दीले चीनको तियानजिन बिन्हाई अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा जहाज अवतरण गराएको कम्पनीले जनाएको छ ।

यस विमानले उच्च स्थानमा रहेका तिब्बतका ल्हासा, अलिजस्ता गन्तव्यस्थलहरुमा उडान गर्ने तथा उडान सङ्ख्या बढाउँदै धेरैभन्दा धेरै यात्रुलाई सहज र सरलरुपमा सेवा प्रदान गर्ने हिमालय एअरलाइन्सले जनाएको छ ।

एअरलाइन्सले सन् २०२१ सम्म थप २ वटा विमान थप्ने जनाएको छ ।

प्रकाशित मिति: Mar 3, 2020

प्रतिक्रिया दिनुहोस्