Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहवीमा स्वामी विवेकाननद संस्कृति ज्ञान प्रतियोगिता

सुनसरीको दुहवीमा स्वामी विवेकाननद संस्कृति ज्ञान प्रतियोगिता सम्पन्न भएको छ । हिन्दु स्वयं सेवक संघ दुहवीको आयोजनामा शुक्रबार दुहबी ५ स्थित श्री सरस्वती मा.बि. दुहबीको खेल मैदानमा भएको संस्कृति ज्ञान प्रतियोगितामा दुहवी नगरपालिका र गढी गाउँपालिकाका बिद्यालयका बिद्यालयका १४५१ जना विद्यार्थीहरुले भाग लिएका थिए ।

एक कार्यक्रमकाविच समपन्न संस्कृति ज्ञान प्रतियोगिताको उद्घाटन दुहवी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले गरेका थिए । शत प्रतिशत नतिजा ल्याएका ५२ जना विद्यार्थीहरु मध्येबाट २४ जनालाइ गोलाप्रथाबाट पुरस्कृत गरिएको हो । दुहबी ३ स्थित माउन्ट मनास्लु सेकेन्डरि स्कुलका विद्यार्थीहरु प्रथम हुने रबि शाहलाई २८ हजार दोस्रो अमन शाहलाई १४ हजार र तेस्रो हुने बिपिन चौधरीलाई ७ हजार नगद र मेडल प्रमाणपत्र वितरण गरिएको थियो । २१ जना विद्यार्थीहरु १-१ हजारका दरले सान्त्वना
पुरस्कार समेत प्रदान गरिएको थियो ।
विद्यार्थीहरुलाई नैतिक शिक्षा संस्कृति सिकाउन तथा जस्तोसुकै परिस्थितिमा समायोजन गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक महेन्द्र मेमोरियल एकेडेमी दुहवीका सह–प्रार्चाय रमेशबावु थापाले बताए । कार्यक्रममा विद्यार्थीहरुले आ–आफ्नो कला नृत्य प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा दुहबीका समाजसेवीहरु,हिन्दु स्वयं सेवक संघ दुहवीका सदस्यहरु,संघ संस्थाका प्रतिनिधिहरु, शिक्षक, विद्यार्थी, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: Feb 28, 2020

प्रतिक्रिया दिनुहोस्