Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कसैको ब्यक्तिगत स्वार्थ पुरा गर्न संविधान संशोधन हुन सक्दैन : सुवासचन्द्र नेम्वाङ

नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले एकजना व्यक्तिका लागि संविधान संशोधनको कुरा कल्पना गर्न नसकिने बताएका छन्।

सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पार्टीका उपाध्यक्ष वामदेव गौतमका लागि संविधान संशोधन गर्न नेकपाले कोसिस गरेको सन्दर्भमा यस्तो बताएका हुन्।

नेकपको सचिवालय बैठकले संविधान संशोधनबारे कार्यदल बनाएकोबारे प्रतिक्रिया दिँदै नेम्वाङले आफूले पनि सञ्चारमाध्यमबाटै थाहा पाएको प्रतिक्रिया दिए। ‘यसमा अलिकति पनि यताउती पनि छैन।

पार्टीबाट कसैले जानकारी गराएको छैन। कार्यदल बनेकोमा मलाई विश्वास छैन’, कार्यदलकै सदस्य भनिएका नेम्वाङले अगाडि भने, ‘सचिवालयमा हुन चाहिँ कुरा भएको हो, तर औपचारिकरुपमा यस्तो भएको भन्ने मलाई कुनै विश्वास छैन।’

उनले कार्यदलका संयोजक भनिएका पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग सोमबारै कोटेश्वरमा भेट भएको पुष्टि गर्दै त्यहाँ कार्यदलको बैठक नभइ नेता खिमलाल देवकोटासहित कुराकानी भएको जानकारी दिए।

‘यही सिलसिलामा आज बिहान माधव नेपालसँग कुराकानी भएको छ। अर्का नेता खिमलालजीसहित हामीले छलफल गरेका हौँ’, उनले भने, ‘हाम्रो वरिष्ठ नेता हुनुहुन्छ उहाँ। उहाँको फोन आएपछि सोधेँ ११ बजे भेटौँ भन्नुभयो।

सार्वजनिक सञ्चारमाध्यममा कार्यदलको कुरा आएको छ, हामी बस्दा कार्यदल बस्यो भन्लान्। त्यसैले कार्यदलबारे बैठक नबसौँ भनेको हुँ।’

प्रकाशित मिति: Feb 24, 2020

प्रतिक्रिया दिनुहोस्