Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शान्ति समाजको भवन निर्माण गर्न बद्रीप्रसाद पहाडीले गरे १ करोड दान

प्रदेश नं १ स्थित विराटनगर निवासी समाजसेवी बद्रीप्रसाद पहाडीले मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यालय भवन निर्माणका लागि १ करोड रुपैयाँ दान गरेका छन् ।

यसका लागि केही जग्गा छुट्टाइएको हुँदा सहयोग रकम क्रमश जम्मा गर्दै जाने र भवन निर्माण कार्य प्रारम्भ हुनासाथ सम्पूर्ण रकम शान्ति समाजको खातामा जम्मा भइसक्ने जानकारी पहाडी परिवारबाट प्राप्त भएको छ।

समाजले आज एक विज्ञप्ति जारी गरी भवन निर्माणको प्रारम्भिक प्रक्रिया थालिनेवित्तिकै उक्त रकम समाजको खातामा जम्मा हुने गरी समाजसेवी पहाडीले दान गरेका छन् ।

उनी मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीका पिता हुन्।

प्रकाशित मिति: Feb 19, 2020

प्रतिक्रिया दिनुहोस्