Logo
७ बैशाख २०८१, शुक्रबार
(February 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१५ लाख रुपैयाँमा पाइने कार नेपाल ल्याउने तयारी, यस्ता छन् कारका विशेषता !

ग्रेट वाल मोटर्सको ओरा (आर —१) कार नेपाल भित्र्याउन नेपाली व्यवसायीहरु लागि परेका छन् । यो कार ग्रेट वाल मोटर्सले अटो एक्स्पो २०२० मा सार्वजनिक गरेको हो ।

यो सार्वजनिक भएसँगै यस कारको अवलोकनकालागि मानिसहरुको भिड लागेको आयोजकले जानकारी दिएका छन् ।

यस कारको मुल्य चीनमा करिब ९ लाख नेपाली रुपैयाँ बराबर पर्ने गर्छ । नेपाल आइपुग्दा यो कारको मुल्य करिब १५ लाख रुपैयाँको हाराहारी पर्ने देखिन्छ ।

कारका विशेषता यस्ता छन्

  • यो कार प्रतिघण्टा १०० किलोमिटरको रफ्तारमा दौडन सक्छ ।
  • यसले फुलचार्जमा ३५१ किलोमिटरको दुरी तय गर्ने क्षमता राख्छ ।
  •  यसमा ३३ किलोवाटको लिथियम आयोन ब्याट्री र ३३ किलोवाटकै इलेक्ट्रीक मोटर जडान गरिएको छ ।

प्रकाशित मिति: Feb 18, 2020

प्रतिक्रिया दिनुहोस्