Logo
१५ चैत्र २०८०, बिहीबार
(February 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ३०० नाघ्यो : हुबेइमा मात्र एकै दिनमा २४२ जनाको मृत्यु

कोरोनाभाइरसबाट बढी सङ्क्रमित भएको चीनको हुबेइ प्रान्तको उहानमा मात्र एकै दिनमा २४२ जनाको मृत्यु भएको बताइएको छ । एकै दिनमा २४२ जनाको मृत्यु भएको बिहीबार प्राप्त एक समाचारमा जनाइएको हो ।

उहानमा मात्र थप १४ हजार ८४० जनामा यस भाइरसको सङ्क्रमण भएको पुष्टि भएको पछिल्लो समाचारमा जनाइएको छ ।

बुधबार भएको यस मृत्युसँगै मृतकहरूको कुल सङ्ख्या बुधबारसम्म १ हजार ३५० पुगेको चिनियाँ अधिकारीहरुले जानकारी दिएका छन् ।

यस सङ्क्रमणबाट उहानमा ज्यान गुमाएका २४२ जनामध्ये १३५ मा त्यसरी नै रोगको पुष्टि गरिएको थियो ।हालसम्म यस प्रान्तमा मात्र सङ्क्रमण भएका व्यक्तिको सङ्ख्याया ४८ हजार २०६ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार पछिल्लो समयमा निको भएर फर्र्िकएका बाहेक हाल सङ्क्रण भइ उपचार गराइरहेका विरामीको सङ्ख्या झन्डै ६० हजार पुगेको छ ।

हुबेइ प्रान्तको उहानबाट गत वर्षको अन्त्यतिरबाट यसको सङ्क्रमण शुरु भएको बताइएको थियो । यस भाइरसबाट हुने सङ्क्रमणलाई हालैमात्र वैज्ञानिकहरुले ‘कोभिड–१९’ नाम दिएका छन् ।
प्रतिदिन यस रोगको प्रकोप फैलिएसँगै एकै दिनमा मृत्यु हुनेको सङ्ख्यामा पनि बृद्धि भइरहेको बताइएको छ ।

पछिल्ला केही दिनमा नयाँ सङ्क्रमण भएका मानिसको सङ्ख्यामा ठूलो मात्रामा बृद्धि भएको बताइएको छ ।

यस सङ्क्रमणको उपचारका क्रममा कुनै कमी हुन नदिने चिनियाँ कम्युनिस्ट पार्टीले जनाएको छ । उक्त पार्टीले हुबेइ प्रान्तका सचिवलाई हटाएको बताएको छ ।
उक्त पार्टीले त्यस स्थानमा चीनको साङ्घाइका पार्टी प्रमुखलाई पठाएको चिनियाँ सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

केही दिनअघिमात्र पनि सरकारले स्वास्थ्य सेवाबाट केही अधिकारीहरूलाई पदमुक्त गरेको जनाइएको थियो ।

प्रकाशित मिति: Feb 13, 2020

प्रतिक्रिया दिनुहोस्