Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ढुंगा फुटाउने क्रममा कुवेतमा चार नेपालीको मृत्यु, तीन बेपत्ता

कुवेतको अल मुतलाको हाउजिङ निर्माणस्थलमा बम पड्काएर ढुंगा फुटाउने क्रममा चार नेपालीको मृत्यु भएको छ। ३ जना हराइरहेका छन् भने ३ जना गम्भीर घाइते भएको अरबटाइम्सले जनाएको छ ।

खाडलमा १३ नेपाली र एक भारतीय मजदुर रहेको बताइएपनि यकिन संख्या बाहिर आएको छैन। वेपत्ता भएकाहरुको खोजी र उद्धार कार्य चलिरहेको छ।

त्यहाँ कार्यरत मजदुरहरुको विस्तृत विवरण पनि सार्वजनिक गरिएको छैन। मजदुरहरु खाडलमा पसेर काम गरिरहेका बेला ढुंगा फुटाउन बम पड्काउँदा ठूलठूला ढुंगासहितको पहिरो आएर उनीहरुलाई पुरेको थियो।

कुवेतको ढुङ्गाखानीमा एक दर्जन नेपाली श्रमिक हताहत भएको आशंका, ६ जनाको शव निकालियो निर्माणस्थलमा कार्यरत अन्य श्रमिकहरुले दुर्घटनास्थलको तस्वीर सामाजिक सञ्जालमा राखेपछि घटना बाहिर आएको हो।

दुर्घटनालगत्तै आयोजनास्थल पुगेकी कुवेतकी आवास तथा निर्माण मन्त्री डाक्टर राना अल फारिसले दुर्घटनाको कारणबारे तत्काल छानवीन गर्न भन्दै ७ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएकी छन्।

प्रकाशित मिति: Feb 13, 2020

प्रतिक्रिया दिनुहोस्