Logo
७ बैशाख २०८१, शुक्रबार
(February 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नोबेलको प्राबिधिक सहयोगमा नागबेली लघु बितले गरे नि:शुल्क स्वास्थ्य शिबिर

एलएन गच्छदार/प्रदेश एक स्थित मोरंगको बुढिगंगा गाउँपालिका -७ मा रहेको लक्ष्मी माध्यमिक बिधालयमा आज नि:शुल्क स्वास्थ्य शिबिर संचालन भएको छ। समाजप्रति उतरदायित्व बहन गर्ने उद्देश्यले नागबेली लघुबित बितिय संस्था बिर्तामोड झापाको आयोजनामा भएको हो । नोबेल मेडिकल शिक्षण अस्पतालको प्राबिधिक सहयोगमा १ हजार ३१ जनाले नि:शुल्क स्वास्थ्य लाभ लिएका थिए।

जेनरल मेडिसिन तथा मुटु रोग,प्रसुति तथा स्त्रीरोग, बाल रोग, ल्याब प्रयोगशाला, मानसिक तथा नसा रोग, हाड जोर्नी, नाक,कान,घाँटी, आँखा परिक्षण तथा उपचार, भिडियो एक्सरे, इसिजी, न्युरो सर्जरी, दन्त सेवा तथा शल्य क्रिया लगायतको सेवा नि:शुल्क उपलब्ध गराएको थियो।

बुढिगंगा गाउँपालिका लगायत छिमेकीसंग सिमाना जोडिएको ग्रामथान गाउँपालिका र सुन्दरहरैंचा नगरपालिका आसपासका जनताले समेत स्वास्थ्य सेवा लिएका थिए।

९२ बर्ष एक वृद्ध आमाले समेत शिविरमा सहभागी भएको थियो भने स्थानीय समाजसेवी चनकलाल चौधरीले स्वास्थ्य शिविरमा आफू पनि उपचार गर्दै आयोजक संस्थालाई धन्यवाद समेत ज्ञापन गर्दै ग्रामीण क्षेत्रमा यो किसिमको कार्यक्रमले पैसाको अभावमा अस्पताल सम्म पुग्न नसेको र उपचार गर्न आर्थिक अवस्था कम भएकोले नि:शुल्क सेवा पाउनु भनेको ठूलो राहत पाएको बताउनुभयो।

प्राबिधिक सहयोग गरेका नोबेल शिक्षण अस्पताल बिराटनगरका प्रबन्धक डा. नारायण प्रसाद दहालले सबै डिपार्टमेन्टका चिकित्सक मार्फत नि:शुल्क सेवा दिएको जानकारी दिदै स्थानीय जनताले धेरै राहत पाएको छ, नोबेलको अगामी कार्यक्रम प्रदेश १ को १४ जिल्लामै नि:शुल्क स्वास्थ्य शिबिर सन्चालन गर्दै आएको छ भने अगामि फागुन १३ गते देखि २१ गते सम्म भोजपुर र संखुवासभाको विभिन्न स्थान शिविर संचालन गर्ने जाकारी दिनुभयो ।

समाजिक उतरदायित्व बहन गर्दै समाजमा परिवर्तनमुखी र चेतनामुखी हिसाबले कार्यक्रम गरिएको बताउदै बर्षै पिच्छे यस किसिमको कार्यक्रम गर्दै आएको जानकारी दिदै आयोजक संस्थाका डंग्राहा शाखा प्रमुख सडेन्द्र प्रसाद त्रिखत्रीले बताउनु भयो।

जेनरल मेडिसिन तथा मुटु रोग तर्फ ४७५ जना , प्रसुति तथा स्त्रीरोग तर्फ ८५ जना , हाड जोर्नी तर्फ १५३ जना , नाक, कान, घाँटी तर्फ १०५ जना , आँखा परिक्षण तथा उपचार तर्फ ८५ जना , छाला तर्फ २५ जना, सर्जरी तर्फ २३ जना, न्युरो सर्जरी ५ जना , दन्त सेवा ५५ जना, बाल रोग तर्फ २० जना गरि १ हजार ३१ जनाले स्वास्थ्य लाभ लिएका थिए । जस मध्ये एक्सरे , इसिजी, युएसजी , भिडियो एक्सरे, ल्याब टेष्ट गरि ५५० जनाले निशुल्क परिक्षण गराएका थिए ।

प्रकाशित मिति: Feb 12, 2020

प्रतिक्रिया दिनुहोस्