Logo
१२ बैशाख २०८१, बुधबार
(February 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिक्षालाई वैज्ञानिक, व्यावहारिक साथै रोजगारमूलक बनाउनु पर्ने: उपसभामुख सरस्वती पोखरेल

शिव भट्टराई,प्रदेश एक स्थित सुनसरीको सुनसरीको इटहरीमा रहेको विश्व आर्दश एकेडेमीले २२औं बार्षिकोत्सव कार्यक्रमको अवसरमा विद्यार्थीहरुको परिकल्पनाको विकसीत नेपाल सहितको भौतिक विकास र मानवीयविकासलाई समेटेर कलेजका विद्यार्थीहरुले शैक्षिक तथा विज्ञान प्रर्दशनी गरेका छन्।

हालका विकसित मुलुकहरुसंगै तुलनागरि वनाइएका भौतिक पुर्वाधारयुक्त सहर देखि लिएर परम्परागत जीवन शैलीमा अपनाइने सामाग्रीहरुसमेत समेटेर राखिएको प्रर्दशनीको प्रदेस नम्बर १की
उप सभामुख सरस्वती पोखरेलले अवलोकन गरेकी थिइन् भने सो कार्यक्रमको उद्घाटन गर्ने क्रममा उनले विज्ञान र प्रविधिको युगमा यस कलेजका विद्यार्थीहरुले स्मार्ट सिटीको कल्पना गरेकोले खुशी व्यक्त गरेकी थिइन् ।त्यस्तै उनले शिक्षालाई वैज्ञानिक, व्यावहारिक साथै रोजगारमूलक बनाउनु पर्नेमा जोड दिएकी थिइन्।

विद्यार्थीहरुले पाठ्यक्रमको प्रयोगात्मक क्रियाकलापकासाथै अन्य विषयवस्तुहरुलाई समेत समेटेर शैक्षिक तथा विज्ञान प्रर्दसनीमा राखेका छन । विद्यार्थीहरुले राखेका प्रर्दसनी खानाका परिकार , ड्रोन , आवाजले खोल्न र वन्द गर्नसकिने वत्ती लगायतका विज्ञानका सामाग्रीहरु समेत रहेका थिए भने घरायसी प्रयोगमा आउने डोको,नाम्लो , ठेकी , मही पार्ने भाडाहरु समेत राखिएका थिए ।

विद्यार्थीहरुको प्रर्दसनी हेर्न उल्लेखियसंख्यामा अभिभावकहरुको सहभागिता रहेको थियोे। सोही अवसरमा कक्षा ११मा उत्कृष्ट नम्बरल्याउने विज्ञान र व्यवस्थापन विषयका विद्यार्थीहरुलाई कार्यक्रमकी प्रमुख अतिथी उपसभामुख पोखरेल र विश्वआदर्शका अध्यक्ष लेखनाथ घिमीरेले सम्मान गरेका थिए । कार्यक्रममा सोही विद्यालयमा अध्ययनरत जी टिभीको सारेगमापा लिटील च्याम्सका उपविजेता प्रितम आचार्यलगायतका विद्यार्थीहरुको सास्कृति प्रस्तुति रहेकोथियो साथै माघ २९ गते बाट सुरु गरिएको सो कार्यक्रम फाल्गुन २ गते विभिन्न कार्यक्रम गर्दै सम्पन्न गरिने छ।

प्रकाशित मिति: Feb 12, 2020

प्रतिक्रिया दिनुहोस्