Logo
६ बैशाख २०८१, बिहीबार
(February 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दार्जिलिङ पहाड, तराई, डुवर्स आदि क्षेत्रलाई समेटेर ‘गोर्खाल्यान्ड’ दिनैपर्छ : भाजपा नेता स्वामी

भारतको सत्तासिन भारतीय जनता पार्टी (भाजपा) का नेता सुब्रहमण्यम स्वामीले पार्टीले अघिल्लो विधानसभा चुनावमा कबोल गरेअनुसार ‘गोर्खाल्यान्ड’ राज्य दिनुपर्ने जिकिर गरेका छन्।

यसअघि पार्टीले गरेका वाचा पूरा नगरेकाले भाजपा विधानसभा चुनावमा पराजय भएको उनले उल्लेख गरेका छन्। भारत, पश्चिम बंगाल राज्यको दार्जिलिङ पहाड, तराई, डुवर्स आदि क्षेत्रलाई समेटेर गोर्खाल्यान्ड राज्य हुनुपर्ने मागसहित त्यस क्षेत्रमा बसोबास गर्ने नेपालीभाषी गोर्खा समुदायले वर्षौदेखि आन्दोलन जारी राखेका छन्।

दिल्ली विधानसभामा यसपटक पनि भाजपाले उल्लेखनीय सिट बढाउन नसकी हार व्यहोरेपछि सुब्रहमण्यम स्वामीले ट्वीटमार्फत् गोर्खाल्यान्डको मुद्दा उठान गरेका हुन्।

‘हामीले भाजपाको सन् २०१४ यताको सांगठनिक संस्कृति तथा कार्य सम्पादनबारे मूल्यांकन गर्ने बेला आएको छ। हामीले धेरै राज्यमा कैयन् वाचा गर्‍यौं। तर, ती पूरा भएनन्,’ स्वामीले ट्वीटमा उल्लेख गरेका छन्, ‘तीमध्ये ‘गोर्खाल्यान्ड’ उच्च प्राथमिकताको मुद्दा हो, यसलाई संघीय सरकारले वाचाअनुरुप पूरा गर्नुपर्छ।’

आसन्न विधानसभा चुनावलाई ख्याल गर्दै अविलम्ब वाचा गरिएका मुद्दा भाजपाले पूरा गर्नुपर्ने उनको भनाइ छ। यदि फेरि पनि यस्ता मुद्दाप्रति संवेदनशील हुन सकिएन भने दिल्ली र झारखण्डकै परिणति अन्यत्र पनि भोग्नुपर्ने अवस्था आउनसक्ने भन्दै स्वामीले पार्टी नेतृत्वलाई सचेत गराएका छन्।

प्रकाशित मिति: Feb 12, 2020

प्रतिक्रिया दिनुहोस्