Logo
१५ चैत्र २०८०, बिहीबार
(February 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजेन्द्र महतोसहित राजपाका ३ जना अध्यक्ष नयाँ दिल्लीमा

संघीय र प्रदेश सरकार हेरफेर तथा गठबन्धन फेर बदलको चर्चाका बिच यतिबेला राष्ट्रिय जनता पार्टी नेपालका तीन अध्यक्ष भारतको नयाँ दिल्लीमा अचानक पुगेका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गरेको राजपा नेपालका अध्यक्षत्रय एकाएक नयाँ दिल्ली पुगेका हुन् ।

शरदसिंह भण्डारी भाञ्जाको विहे भन्दै गत माघ २१ गते नयाँ दिल्ली पुगेको तीन दिनपछि अर्थात् गत बुधबार श्रीमतीको उपचार गराउने भन्दै राजेन्द्र महतो नयाँ दिल्ली पुगेका हुन्।

भण्डारी र महतो नयाँदिल्लीमै रहेको बेला ‘इन्डिया–नेपाल ब्रिलियन्ट डायलग’मा सहभागी हुन मंगलबार अर्का अध्यक्ष राजकिशोर यादव दिल्ली पुगेका छन् ।

भण्डारी र महतो शुक्रबार फर्कदैछन् । उनीहरु नयाँ दिल्लीमा रहँदा राजनीति भेटघाट समेत गर्ने जनाएको छ ।

प्रकाशित मिति: Feb 12, 2020

प्रतिक्रिया दिनुहोस्