Logo
८ बैशाख २०८१, शनिबार
(February 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरस्वती युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग रेलिगेसनमा

काठमाडौं : सस्वती युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगसर फुटबलबाट रेलिगेसनमा परेको छ ।

लिग अन्तर्गत १२ औं चरणको खेलमा सोमबार च्यासलसँग पराजित भएपछि सरस्वती ‘बी’ डिभिजनमा घटुवा भएको छ ।

‘ए’ डिभिजन रहनका लागि च्यासलसँग जित्नै पर्ने खेलमा सरस्वतीले खेलमा पराजित हुनु परेको छ ।

सरस्वतीका काजिम बुसारीले एक गोल फर्काए पनि टोलीको खेलको हार टार्न सकेनन् ।
च्यासलको जितमा जापानी खेलाडी ताइगा नाकामुरा र हायातो वाकिनोले एक–एक गोल गरे । सरस्वतीका काजिम बुसारीले एक गोल फर्काएका थिए ।
नकामुराले १८ औं मिनेटमा गोल गर्दै च्यासललाई अग्रता दिलाए ।

६६ औं मिनेटमा वाकिनोले गोल गर्दै च्यासलको अग्रता दोब्बर बनाए । सरस्वतीले दोस्रो हाफको इन्जुरी समयमा सान्त्वना गोल फर्काएको थियो ।
अन्तिममा रहेको सरस्वतीले १२ खेलबाट चार अंक बनाएको छ । १५ अंक बनाएको च्यासल नवौं स्थानमा छ ।

च्यासलका नाकामुरा म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए ।उनले १० हजार रुपैयाँ पुरस्कार पाए । यस हारसँगै सरस्वती एक खेल अगावै रेलिगेसनमा परेको छ ।

प्रकाशित मिति: Feb 10, 2020

प्रतिक्रिया दिनुहोस्