Logo
७ बैशाख २०८१, शुक्रबार
(January 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा र सरकारले मधेसी दलभित्र खेल्न खोज्यो, पालैपालो लोभ देखाइएको छ : महेन्द्रराय यादव

राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी र सरकारले मधेसी दलभित्र खेल्न खोजेको आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले मधेसको मुद्दा संबोधन नगर्ने तर मधेसी दललाई सत्ताको लोभ देखाएर समर्थन लिने प्रवृत्ति देखिएको बताए ।

एउटालाई १८ महिना सरकारमा ल्याउने र फेरि अर्कोलाई ल्याउने सरकारको प्रवृत्ति देखिएको भन्दै यादवले अब सरकारले माग पूरा नगर्दासम्म समर्थन नगर्ने र सरकारमा पनि नजाने बताए ।

सरकारलाई समर्थन गरेको १ वर्षसम्म राजपाले उठाएको माग पूरा नभएको र संघीय समाजवादी पार्टी सरकारमा १८ महिना बस्दा पनि उसको मागमा छलफल नभएको यादवले बताए ।

अहिले पनि मधेस केन्द्रित दलका विषयमा विभिन्न हल्ला फैलाइएको भन्दै राजपा अध्यक्ष मण्डलका संयोजक यादवले राजपा माग र मुद्दाका लागि स्थापना भएको जिकिर गरे ।

‘राष्ट्रिय जनता पार्टी माग र मुद्दाका लागि निर्माण भएको हो । सत्ताका लागि होइन’ उनले भने ‘हामी सरकारलाई समर्थन दिन तयार छौं, सरकारले कति दिन हाम्रो समर्थन चाहन्छ ? तर हाम्रो मुद्दा संबोधन हुनुपर्‍यो, माननीय रेशम चौधरी छुट्नुपर्‍यो ।’

सरकारले आफूहरुको समर्थन लिने तर माग पूरा नगर्ने प्रवृत्ति देखिएको भन्दै यादवले यस्तो प्रवृत्ति रहँदासम्म सरकारमा जाने सम्भावना नभएको बताए ।

यादवले आफूहरुले उपसभामुख पद पनि नमागेको जिकिर गरे । ‘हामीले मागेका छैनौं, नमाग्दा पनि दिने हो भने हामी पार्टीमा छलफल गर्छौं’ उनले भने ।

प्रकाशित मिति: Jan 28, 2020

प्रतिक्रिया दिनुहोस्