Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उड्ययनमन्त्रीसमक्ष राजीनामा दिएर अष्ट्रेलिया जाँदै वायुसेवा निगमका अध्यक्ष मदन खरेल

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले आफ्नो पदबाट राजीनामा दिएका छन् ।  खरेलले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईसमक्ष राजीनामा बुझाएका हुन् ।

मन्त्रीसंगको मतभेदका कारण उनले राजीनामा दिएको बताइएको छ । राजीनामा दिएसंगै आजै राती उनी अष्ट्रेलिया तिर जान लागेको बताइएको छ ।

आज आइतबार राति ११ बजे उनको अष्ट्रेलियाको लागि फ्लायट रहेको बुझिएको छ । यसअघि उनको कार्यशैलीप्रति प्रश्न उठाउँदै निगम सञ्चालक समितिले नै स्पष्टीकरण माग गरेको थियो ।

झापाका खरेललाई सरकारले गत भदौमा नेपाल वायुसेवा निगम संचालक समितिको कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो ।

प्रकाशित मिति: Jan 19, 2020

प्रतिक्रिया दिनुहोस्