Logo
६ बैशाख २०८१, बिहीबार
(January 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बढुवा भएका ७१ जना उपसचिवलाई स्थानीय तहमा खटाउने तयारी

सरकारले बुधबार बढुवा भएका ७१ जना उपसचिवलाई स्थानीय तहमा खटाउने तयारी गरेको छ। उनीहरूलाई खटाउँदा निमित्तले स्थानीय तह चलाउने परम्परा हट्ने संघीय मामिला तथा सामान्य मन्त्रालयको भनाइ छ।

अहिले पनि १ सय ६६ वटा स्थानीय तहमा निमित्तले चलाएका छन्। तीमध्ये एक दर्जनभन्दा बढी स्थानीय तहमा नायब सुब्बाले चलाएका छन्।

प्रशासन सेवाका कर्मचारीलाई मात्र प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिँदा नायब सुब्बाले चलाएका स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत र प्राविधिक कर्मचारीबीच मयार्दाक्रममा विवाद आउने गरेको छ।

यस्तो विवाद रोक्न मन्त्रालयले बढुवा भएका उपसचिवहरूलाई स्थानीय तहमा खटाउने तयारी गरेको हो। बुधबार बढुवा भएका सबै उपसचिव प्रशासन सेवाका छन्।

संघीय मामिलाका प्रवक्त भूपाल बरालले बुधबार बढुवा भएका र अब बढुवा हुने उपसचिवलाई स्थानीय तहमा खटाउने मन्त्रालयले तयारी गरेको बताए।

एक महिनाभित्र अरु एक सयभन्दा बढी उपसचिवको पनि बढुवा हुँदैछ। ती उपसचिवलाई पनि स्थानीय तहमा खटाउने सरकारले तयारी गरेको छ।

‘बढुवा भएका उपसचिवहरूमध्ये अधिकांशलाई स्थानीय तहमा पठाउँदा निमित्तले स्थानीय तह चलाउने परम्परा बन्द हुन्छ,’ बरालले भने।

मन्त्रालयका अर्का सहसचिव बाबुराम अधिकारीले पनि स्थानीय तहमा उच्च कर्मचारीको अभाव रोक्न बुधबार बढुवा भएका उपसचिव र अब बढुवा हुने सबै उपसचिवहरूलाई स्थानीय तहमा पठाउने तयारी मन्त्रालयले गरको बताए।

संघीय मामिला मन्त्रालयले प्रशासन सेवा कर्मचारीलाई मात्र स्थानीय तहमा प्रमुख प्रशसकीय अधिकृतको जिम्मेवारी दिदै आएको छ।

प्रकाशित मिति: Jan 17, 2020

प्रतिक्रिया दिनुहोस्