Logo
१२ बैशाख २०८१, बुधबार
(February 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपेन्द्र यादवको प्रश्न : कसरी हुन्छ समृद्धि ? ‘४ कक्षा उतीर्ण शिक्षा मन्त्री, किडनी फेल प्रधानमन्त्री’

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अहिलेको नेतृत्वबाट देशको समृद्धिको परिकल्पना गर्नु नै हास्यापद रहेको बताएका छन् । उनले भने-‘जहाँ ४ कक्षा उतीर्ण शिक्षा मन्त्री, किडनी फेल प्रधानमन्त्री र अर्थबारे थाहा नभएको अर्थमन्त्री हुन्छ त्यस्ता देशको समृद्धिको परिकल्पना गर्नु नै हास्यापद छ ।’

उनले मधेश सहितका विभिन्न पहिचान र अधिकारको आन्दोलनपछि संविधानमा संघीयता त लेखियो तर कागजमै सिमित रहेको प्रति दुःखेसो प्रकट गरे ।

अध्यक्ष यादवले भने, ‘विश्वको कुनैपनि मुलुकमा प्रदेशको आफ्नो झण्डा, प्रशासन, संविधान र निर्णय गर्ने अधिकार हुन्छ, तर हाम्रो देशमा प्रदेशलाई पङ्गु बनाई केन्द्रिकृत एकात्मक शासन व्यवस्था लाद्न खोजिएको छ ।’

उनले प्रदेशलाई अधिकार सम्पन्न नबनाएसम्म देशमा संघियता कार्यान्वयन हुन नसक्ने दावी गरे ।

यादवले मुलुकमा प्रत्यक्ष राष्ट्रपतीय शासन प्रणाली हुनुपर्नेमा जोड दिएका छन् ।

शुक्रबार जनकपुरमा आयोजित समाजवादी पार्टी मधेश प्रदेशले आयोजना गरेको संगठन विस्तार एवं सुदृढिकरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन् ।

यादवले नेपालको वर्तमान शासन प्रणालीलाई खच्चड जस्तो रहेको बताउँदै यसको अन्त्य गरी कार्यकारी राष्ट्रपतिय प्रणाली अप्नाउनुपर्नेमा जोड दिए ।

यादवले प्रधानमन्त्री लगायत मन्त्रीले जति भ्रष्टाचार गरे पनि यसलाई दुई वर्षसम्म केही गर्न नसकिने संवैधानिक व्यवस्था रहेको भन्दै देशमा समृद्धिको आशा गर्नु हावादारी हुने बताए । उनले यस्तो जटिल व्यवस्थामा देश समृद्धि कसरी हुनसक्छ भन्दै प्रतिप्रश्न समेत गरे ।

 

 

प्रकाशित मिति: Jan 17, 2020

प्रतिक्रिया दिनुहोस्