Logo
०४ माघ २०७६, शनिबार
(January 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारत र पाकिस्तानबीच गोली हानाहानमा नेपाली नगरिक अर्जुन थापामगरको मृत्यु

भारत स्थित केन्द्र शासित राज्य कास्मिरको लाइन अफ कन्ट्रोल (एलओसी)मा भारत र पाकिस्तानबीच गोली हानाहानमा मृत्यु हुने सैनिकमध्ये एक जना नेपाली नागरिक परेका छन् ।

मृत्यु हुने भारतीय सेनामा कार्यरत् गोरखाका २५ वर्षीय नेपाली नागरिक अर्जुन थापामगर रहेका छन्।

उनी गोरखाको विकट रिप गाउँका रहेको प्राप्त समाचारमा जनाइएको छ। बुधबार राति जम्मु र कास्मिरको राजोउरी जिल्लामा गोलीबारी भएपछि दुई सैनिकको मृत्यु भएको थियो।

भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल देवेन्द्र आनन्दलाई उद्धृत गर्दै दैनिक डेकन हेराल्डले नेपाली नागरिक मारिएको पुष्टि गरेको छ।

सेना कास्मिरमा खोजी तलासीको अपरेसनमा खटिएका थिए। पाकिस्तानी सेना भारत छिर्ने प्रयासमा रहेका बेला उनीहरूबीच खारी थरेत जंगलमा गोलीबारी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारतमा आतंकवादी छिर्न थालेको भन्दै खोजीतलासीको अपरेसन सुरू गरिएको थियो।

प्रकाशित मिति: १६ पुष २०७६, बुधबार २३:०४

प्रतिक्रिया दिनुहोस्