Logo
१५ चैत्र २०८०, बिहीबार
(January 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भव्य समारोहका बीच भ्रमण वर्ष २०२० को उद्घाटन, २० लाख पर्यटक भित्र्याउने लक्ष्य (फोटो फिचर)

राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौँको दशरथ रङगशालामा बुधबार आयोजित विशेष समारोहमा …नेपाल भ्रमण वर्ष सन २०२०’ को शुभारम्भ गर्दै । साथमा संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री योगेशकुमार भट्टराई ।

नेपाल भ्रमण वर्ष २०२० को एक भव्य समारोहका बीच उद्घाटन गरिएको छ ।

दशरथ रंगशालामा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको उद्घाटन गरेकी हुन् ।

भ्रमण वर्षको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले पर्यटनलाई आर्थिक समृद्धिको रुपमा अंगिकार गरी भ्रमण वर्ष राष्ट्रिय अभियानको रुपमा सञ्चालन गरिएको भन्दै यसलाई सबैको सहयोगमा महाअभियानको रुपमा लिनुपर्ने बताइन् ।

सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने र अवको १० वर्षलाई पर्यटन अभियानको रुपमा अगाडी बढाउने आधार वर्षको रुपमा वर्ष २०२० लाई लिएको छ ।

त्यसका लागि सबै नेपाली एकजुट हुनुपर्ने उनले बताइन् । उनले पर्यटन क्षेत्रको विकासका लागि योजनावद्ध कार्यक्रमहरु ल्याउन नसके सम्भव नहुने बताइन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौँको दशरथ रङगशालामा बुधबार आयोजित विशेष समारोहमा …नेपाल भ्रमण वर्ष सन २०२०’ को शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्र्दै ।

सांस्कृतिक तथा प्राकृतिक हिसाबले विविधिकरण भएकाले सबैखालका पर्यटकलाई आकर्षित गर्न सकिने उनले बताइन् । उनले संसारकै उत्कृष्ट गन्तव्य सगरमाथा, गौतमबुद्धको जन्मस्थल लुम्बिनी, चितवन, अन्नपूर्ण लागयतका उत्कृष्ट पर्यटकीय गन्तव्य रहेकोले नेपालको भ्रमण गर्न आग्रह गरिन् ।

पर्यटन तथा नागरिक उडडयनमन्त्री योगेशकुमार भट्टराई काठमाडौँको दशरथ रङगशालामा बुधबार आयोजित विशेष समारोहमा …नेपाल भ्रमण वर्ष सन २०२०’ को शुभारम्भ क्रममा स्वागत मन्तव्य व्यक्त गर्दै ।

राष्ट्रपति भण्डारीले प्रकृतिलाई विगारेर नभई सिंगारेर पर्यटकलाई आकर्षित गर्नुपर्ने बताइन् । पर्यटन वर्षको अभियानले विश्वमा मानवता भातृत्व तथा शान्तिप्रतिको प्रतिवद्धता उजागर गर्ने उद्देश्य राखेको समेत उनले बताइन् ।

त्यस्तै शुभारम्भ कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले समृद्ध नेपाल शुखि नेपालीको आधार नै भ्रमण वर्ष रहेको बताए ।

उनले नेपाल संसारकै एक अद्धितिय प्राकृतिक सम्पदा भएको मुलुक भएकाले भ्रमण गर्न आउन विश्व समुदायलाई आग्रह गरे । हाम्रो सांस्कृतिक सुन्दरता, धार्मिक केन्द्रहरुको लागि नेपाल आउने सबै सिजनमा नेपाल भ्रमण गर्न सकिने मन्त्री भट्टराईले बताए ।

विश्वका सबैभन्दा बढी उचाई भएका हिमालहरु नेपालमा रहेको गौतमबुद्धको जन्मस्थल, विभिन्न धार्मिक मठमन्दीरहरु, विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरु हेर्न पनि नेपाल आउनुपर्ने बताए ।

औपचारिक उद्घाटनअघि विभिन्न संस्कृतिक पक्ष झल्काउने र्याली निकालिएको थियो भने रंगशालामा पनि आकर्षक प्रस्तुति दिइएको थियो ।

काठमाडौँको दशरथ रङगशालामा आयोजित ‘नेपाल भ्रमण वर्ष सन २०२०’ को शुभारम्भ समारोहमा माचपास गरिँदै ।
काठमाडौँको दशरथ रङगशालामा बुधबार आयोजित नेपाल भ्रमण वर्ष सन २०२० को शुभारम्भ समारोहमा शान्ति स्वस्ती पाठ गर्दै भिक्षु ।
दशरथ रङगशालामा बुधबार आयोजित नेपाल भ्रमण वर्ष सन २०२० का शुभारम्भ समारोहमा शान्ति स्वस्ती पाठ गर्दै संस्कृत गुरुकूलका विद्यार्थी ।

विशेष समारोहकाबीच भ्रमण वर्षको उद्घाटनमा मनत्बय राखदै अभिनेता राजेश हमाल

प्रकाशित मिति: Jan 1, 2020

प्रतिक्रिया दिनुहोस्