Logo
१५ बैशाख २०८१, शनिबार
(December 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनवरी १ तारिख दीपावली मनाउन सरकारको आह्वान : भ्रमण वर्ष २०२० को उद्घाटन तयारी पूरा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन तयारी पूरा भएको जनाएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयले भ्रमण वर्ष २०२० को उद्घाटन तयारी पुरा भएको जनाएको हो ।

मन्त्री योगेश भट्टराईले सिंगो मुलुकलाई उल्लासमय बनाउन उद्घाटको दिन दीपावली मनाउन आह्वान गरेका छन् । मुलुकलाई ‘जुरुक्क उठाउने’ र विश्व समुदायलाई नेपाल स्थायी शान्ति, स्थिरता, सुशासन र समृद्धिको बाटोमा अघि बढेको छ भन्ने सकारात्मक सन्देश दिन भ्रमण वर्षको आयोजना गरिएको उनले बताए ।

नेपाल पर्यटनका लागि संसारमै एक अद्धितिय पर्यटकीय गन्तव्य हो भनेर चिनाउन, विश्भरीका लगानीकर्तालाई नेपाल लगानीको लागि उपयुक्त मुलुक हो भनेर जानकारी गराउने उद्देश्यले यसको आयोजना गरिएको उनले बताए ।

सरकारले भ्रमणवर्षको उद्घाटन विशेष कार्यक्रम गरी मनाउँदैछ । राष्ट्रपतिले जनवरी १ तारिखमा भ्रमण वर्षको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

उद्घाटन शत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन पनि गर्नेछन् । उद्घाटनको दिन सबैलाई दिपावली मनाउन सरकारले आग्रह गरेको छ ।

भ्रमण वर्ष २०२० को बुधबार औपचारिक रुपमा संघीय राजधानीको दशरथ रंगशालमा हुने उद्घाटनका लागि सम्पूर्ण तयारी पूरा भएको मन्त्री भट्टराईले बताए ।

‘भ्रमण वर्ष’को उद्घाटन भव्यरुपमा गर्ने तयारी भएको छ । त्यसका लागि दिन सरकारले ५ करोड बढी खर्चदैछ । २० लाख पर्यटक भित्र्याउने गरी तयारी गरिएको ‘भ्रमण वर्ष’को उद्घाटन राष्ट्रपति विद्या भण्डारीले गर्दैछन् ।

जसमा प्रधानन्त्री केपी शर्मा ओलीलगायत मन्त्रीहरु समेतको सहभागिता रहने भएको छ । सो अवसरमा प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सरकारले यस भ्रमण वर्ष उद्घाटन समारोहका लागि मात्र ५ करोड ३ लाख ८५ हजार रुपैयाँ छुट्याएको छ । समितिले २ करोड रुपैयाँ छुट्याएकोमा त्यतिले बजेटले नपुग्ने भएपछि बजेट थप्दै ५ करोड ३ लाख ८५ हजार रुपैयाँ पु-याइएको हो ।

कार्यक्रममा विविध सांस्कृतिक झाँकी प्रदर्शनसहित नेपाली कला, संस्कृति, भेषभूषा बाजागाजा, नित्यसँगै वृहत्त साङ्लो मार्चपास गरिनेछ । साथै कार्यक्रमका लागि ड्रोनमार्फत आकाशमा राष्ट्रिय झण्डासहित ‘भ्रमण वर्ष–२०२०’को लोगो प्रदर्शन गरिने छ ।

त्यस्तै नेपाली सेनाको हेलिकटरमार्फत राष्ट्रिय झण्डा र ‘भ्रमण वर्ष’को ब्यानसहित पुष्पबृष्टि गर्ने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।

‘नेपाल भ्रमण वर्ष’को औपचारिक उद्घाटन कार्यक्रममा करिब २४ हजारलाई निम्तो पठाइएको जनाइएको छ । कार्यक्रममा सहभागिताका लागि स्वदेशी तथा विदेशी पाहुनासहित विशिष्ट व्यक्तित्वहरुका लागि करिब २४ हजारलाई निमन्त्रणा कार्ड पठाइएको सचिवालय सचिव बच्चुराम श्रेष्ठले जनाएका छन । जसमा स्वदेशी सरकारी तथा गैरसरकारनी संघसंस्था, मन्त्रालय, विभाग लगायत विदेशी राजदूत, मन्त्री तथा विशिष्ट पाहुना रहेका छन् ।

उद्घाटन कार्यक्रममा विभिन्न देशबाट बढीभन्दा बढी विशिष्ट पाहुना सहभागी गराउनेमा मन्त्री भट्टराईले जोड लगाउँदै आएका थिए । तर, अहिलेसम्म ६ देशबाट मात्र मन्त्रीस्तरीय सहभागिता निश्चित भएको छ । मन्त्री भट्टराईको निर्देशनअनुसार भ्रमण वर्ष सचिवालयले ४० भन्दा बढी मुलुकका पर्यटनमन्त्रीलाई समारोहमा सहभागी हुन निमन्त्रणा पठाएको थियो ।

उनीहरुमध्ये अधिकांशबाट सकारात्मक जवाफ नआएको सचिवालय स्रोतले जनायो । मन्त्री भट्टराईले अहिलेसम्म चीन, भारत, म्यानमार, जमैका, कम्बोडिया, भुटान र कतारबाट पर्यटनमन्त्री आउने निश्चित भएको बताएका छन् । १ जनवरीमा धेरै मुलुकमा नयाँ वर्ष मनाइन्छ । उनीहरुले त्यसबेला गर्ने भ्रमणको पूर्वतयारी गरिसकेका हुन्छन् ।

त्यसकारण नेपालको निमन्त्रण ढिलो पुग्दा पनि कतिपय मुलुकले उच्चपदस्थ व्यक्तिलाई नेपाल पठाउन नसकेको प्रतिक्रिया दिएका छन् । विदेशमा नयाँ वर्षमा हुने रौनककै कारण नेपाल बाहेकमा मुलुकमा भ्रमण वर्षको शुभारम्भ समेत ७ जनवरीमा आयोजना हुँदैछ ।

प्रकाशित मिति: Dec 30, 2019

प्रतिक्रिया दिनुहोस्