Logo
६ बैशाख २०८१, बिहीबार
(December 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोर्नस्टार मिया खलिफाले खोलिन रातारात स्टार बन्नुको सम्पुर्ण राज

पोर्न स्टार मिया खलिफाले बीबीसीलाई दिएको अन्तरवार्तामा पोर्न फिल्म क्षेत्र छोडेको बताएकी छिन् । उनले अन्तरवार्ताको क्रममा उनी उक्त क्षेत्रमा कसरी र किन पुगिन् भन्ने विविध प्रश्नहरुको खुलेर जवाफ दिएकी छिन् ।

एडल्ट क्षेत्रमा कसरी प्रवेश गरिन् भन्ने प्रश्नको जवाफमा उनले, ‘मलाई लाग्थ्यो म त्यति सुन्दर छैन । म कलेज पढ्दा आफ्नो तौलका कारण निकै चिन्तित रहने गर्थे । मलाई कसैले वास्ता गर्दैनथे ।

त्यसपछि मैले ग्र्याजुएसन गर्दै गर्दा तौल पनि घटाए । मलाई मेरो स्तन ठूलो भएको कारण निकै अप्ठ्यारो महसुस हुनेगथ्र्यो । त्यसपछि विस्तारै तौल घटेसँगै मानिसहरुले मप्रति चासो दिन सुरु गरे ।’

उनले अगाडि भनिन्, ‘ग्र्याजुएसन पूरा भएपछि जागिरको खोजीमा थिए । त्यसपछि मैले एउटा केटा भेटे उसले मसँग काम गर्न चाहेको इच्छा व्यक्त गर्यो तर उसले यो एडल्ट फिल्ड भएको पनि जानकारी दियो ।

उसले मलाई सुन्दर भएको भन्दै न्यूड मोडलिङ गर्न अफर गर्यो । म ऊसँग फ्लोरिन्डा गए । त्यहाँका सबै मानिसहरु एकदमै राम्रा र असल थिए । पहिलो पटक त्यहाँ जाँदा मैले काम गरिन दोस्रो पटक फिल्म गरे ।’

प्रकाशित मिति: Dec 26, 2019

प्रतिक्रिया दिनुहोस्