Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रिपरिषदमा अस्वीकृत यस्तो छ उपेन्द्र यादवको संविधान संशोधन प्रस्ताव (मस्यौदा सहित)

मन्त्रिपरिषदमा अस्विकार्य भएको उपप्रधानमन्त्री तथा कानूनमन्त्री उपेन्द्र यादवको संविधान संशोधन प्रस्तावको मस्यौदा सार्वजनिक भएको छ । मन्त्रिपरिषदको बैठकमा सोमवार साँझ प्रधानमन्त्रीले उक्त प्रस्तावलाई अस्विकार गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘स्टप इट’ भनेपछि संविधान संशोधन गर्ने उपप्रधानमन्त्री यादवको प्रस्ताव मन्त्रिपरिषद बैठकमा प्रवेश हुनबाट रोकिएको थियो ।

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकको अन्त्यमा कानूनमन्त्री समेत रहेका यादवले संविधान संशोधनको लिखित प्रस्ताव पेश गर्न खोजेको थिए ।

मन्त्रिपरिषद स्रोतका अनुसार नियमित एजेण्डामा छलफलपछि बैठक सकिने बेला उपप्रधानमन्त्री तथा कानुनमन्त्री यादवले ‘प्रधानमन्त्रीज्यू, मेरो एउटा प्रस्ताव छ’ भन्दै बन्द खाम टेबुलमा राखेका थिए ।

हेर्नुस् उक्त प्रस्तावको मस्यौदा : 

प्रकाशित मिति: Dec 24, 2019

प्रतिक्रिया दिनुहोस्