Logo
१५ चैत्र २०८०, बिहीबार
(December 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाकिस्तान विश्वकै धेरै सुन्दरी भएको देश, बुढ्यौलीपनले पनि पर्दैन कुनै प्रभाव

मानिसहरु सुन्दरताप्रति आकषिर्त नहुने विरलै होलान् । त्यस्तै सुन्दरताको चर्चा हुन्जा समुदायका महिलाहरुको विश्वभर भैरहेको छ ।

भनिन्छ उक्त समुदाय महिलाहरु विश्वकै सुन्दर महिला मानिन्छन ।

एउटा अनुसन्धानका अनुसार विश्वका सबैभन्दा सुन्दर र बुढ्यौलीले समेत कुनै असर नपार्ने महिलाहरु पाकिस्तानमा रहेको खुलासा भएको छ ।

उत्तरी पाकिस्तानको काराकोरम पहाडको हुन्जा उपत्यकामा बस्ने हुन्जा समुदायका महिलाहरु विश्वकै सवैभन्दा राम्रा महिलामा पर्दछन् । भनिन्छ, उनिहरु विश्वकै सबैभन्दा सुन्दर महिला हुन ।

अनौँठा कुरा चाहि के छ भने हुन्जा समुदायका महिलाहरुलाइ नत बुढेसकालले छुन्छ न त उनिहरुलाइ कुनै रोग नै लाग्छ । बुढ्यौलीपनले कुनै प्रभाव नपार्ने र उनीहरु सय वर्षसम्म बाँच्ने गर्दछन् ।

उक्त समुदायका महिलाहरु साच्चिकै निकै सुन्दर छन् र उनीहरुको सुन्दरताको चर्चा विश्वभर भैरहेको छ । ति मानिसहरुको सबैभन्दा आयु लामो भएका ,सबै भन्दा खुसी, सुखी तथा स्वस्थ मानिसको रुपमा चिनिन्छन् ।

यो समुदायका मानिसहरु कहिल्यैपनि बिरामी हुँदैनन् । यो समुदायका मानिसहरु आफुलाई सिकन्दरका सेनाका सन्तान बताउछन् । महिलाहरु १ सय ६० वर्षसम्म बाँच्छन् भने यहाँको औषत आयु नै १२० वर्ष रहेको छ ।

उक्त महिलाहरुले ६५ वर्षको उमेर सम्म बच्चा जन्माउने गर्दछन्। यो समुदायका मानिसको सुन्दरता र स्वास्थ्यको कारण चाहि उनीहरुको खानालाइ मानिन्छ ।

उनीहरु ताजा सागपात, फलफूल, दुध, अण्डा जस्ता पौष्टिक पदार्थ प्रसस्तै खान्छन् । त्यसैले उनिहरु धेरै लामो समयसम्म बाँच्दछन् ।

प्रकाशित मिति: Dec 20, 2019

प्रतिक्रिया दिनुहोस्