Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक तिहाई गरिब देशमा मोटोपन र अधिक दुब्लोपनको समस्या

विश्वका गरिब देश मध्ये एक तिहाई देशमा अधिक पोषणका कारण मोटोपन तथा कुपोषणको समस्या रहेको एक प्रतिवेदनले जनाएको छ ।

द ल्यानसेट जर्नलमा प्रकाशित भएको प्रतिवेदन अनुसार एक तिहाई गरिब देशमा मोटोपन र अधिक दुब्लोपनको समस्या देखिएको उल्लेख छ।

अधिक प्रशोधित खाद्यान्नमा विश्वव्यापी महुँच तथा मानिसहरुले व्यायाम नगर्दा समस्या बढेको प्रतिवेदनले जनाएको छ।

आधुनिक खाद्य प्रणालीका कारण गरिब देशमा पनि मोटोपन तथा कुपोषणको समस्या समानान्तर जस्तै रुपमा देखिएको भन्दै अनुसन्धानमा संलग्नहरुले आधुनिक खाद्य प्रणालीमा परिवर्तन हुनु पर्ने बताएका छन् । मोटोपन र कुपोषणका कारण प्रभावित हुनेमा सब साहरा अफ्रिका तथा एसियाका देश छन् ।

विश्वमा हाल दुई अर्ब ३० करोड बालबालिका तथा वयश्कहरु मोटोपनको समस्यामा रहेको प्रतिवदेनमा उल्लेख छ । यस्तै विश्वका १५ करोड बालबालिकामा कुपोषणको समस्या रहेको छ ।

कम तथा मध्यम आय भएका अधिकांश देशहरुमा पनि कुपोषण तथा मोटोपनको समस्या बढ्दो क्रममा देखिएको छ । यसलाई ‘डबल बर्डेन अफ मालन्यूट्रेसन’ का रुपमा लिइएको छ ।

विश्वका २० प्रतिशत मानिसमा मोटोपनको समस्या छ । यस्तै चार वर्षमुनिका ३० प्रतिशत बालबालिकाको शारीरिक विकास उनीहरुको उमेर अनुपातमा हुन सकेको छैन । विश्वका २० प्रतिशत महिलाहरु दुब्ला रहेका छन् ।

मोटोपन र कुपोषणका कारण समुदाय तथा परिवार एवम् व्यक्तिहरु जीवनको कुनै कालखण्डमा यी समस्याबाट ग्रसित हुने गरेको प्रतिवेदनमा उल्लेख छ ।

सन् १९९० को दशकमा मोटोपन र कुपोषणको समस्याबाट ग्रसित हुनेमा विश्वका १२३ मध्ये ४५ देश थिए । तर सन् २०१० को दशकमा १२६ मध्ये ४८ देश यो समस्याबाट ग्रसित भएका छन् ।

आधुनिक समयको खाद्य प्रणाली विफल हुनु प्रमुख कारण रहेकाले सरकार तथा अन्तर्रा्ष्ट्रिय संघ संस्थाहरुले नै उपयुक्त खाद्य प्रणालीका लागि प्रयास गर्नु पर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: Dec 16, 2019

प्रतिक्रिया दिनुहोस्