Logo
१२ बैशाख २०८१, बुधबार
(December 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सामाजिक क्षेत्रमा योगदान गर्नेकालागि माता पिताको नाममा एक करोडको अक्षयकोष खडा

शिव भट्टटराई/ इटहरीका रामचन्द्र अधिकारीले आफ्ना पिता माताको नाममा एक करोड रुपैँयाको अक्षयकोष खडा गरेका छन । शुक्रबार अच्छा राई रसिक प्रतिष्ठानले इटहरीमा आयोजना गरेको विशेषाङ्क सार्वजनिकीकरण तथा अक्षयकोष घोषणा कार्यक्रममा उनले पिता तारानिधि र माता धनमाया अधिकारीको नाममा उक्त अक्षयकोष स्थापना गर्ने घोषणा गरेका हुन ।

सामाजिक क्षेत्रमा निरन्तर योगदान गर्ने उदेश्यले यो अक्षयकोष स्थापना गरिएको हो । कार्यक्रममा बोल्दै अधिकारीले भने, सामाजिक, साहित्यिक र पत्रकारीता क्षेत्रमा योगदान पुर्याउनेलाई सम्मान गर्ने उदेश्यले यो कोष स्थापना गरिएको हो । यसअघि ११ लाख रुपैया अक्षयकोष राखेर साहित्य, सामाजिक र पत्रकारीता क्षेत्रमा योगदान पुर्याउनेलाई सम्मान गरिदैँ आएको भएपनि यसलाई अझै प्रभावकारी र व्यवस्थित बनाउँनका लागि थप गरी एक करोड रुपैँया बनाईएको उनले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कला तथा संस्कृतिका लागि एक करोड रुपैँया छुट्याउँन’ अनुकरणीय रहेको बताए । यो अक्षयकोष राख्नु बिशिष्ट र उदाहरणीय कार्य हो । साहित्य, कला र संस्कृतिको मार्गदर्शन बाट सामाजिक सद्भाव र एकता हुने मुख्यमन्त्री राईले उल्लेख गरेका थिए । कार्यक्रममा प्रदेश संसद,लिलम बस्नेत,सर्वध्वज साँवा,पूर्व मन्त्री रामकुमार सुब्बा लगायतको उपस्थित रहेको थियो ।

प्रकाशित मिति: Dec 6, 2019

प्रतिक्रिया दिनुहोस्