Logo
१५ चैत्र २०८०, बिहीबार
(November 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पञ्चायन दुग्ध उत्पादक सहकारी सस्थाको १० औ बार्सिक साधारण सभा

शिव भट्टराई,प्रदेश एक स्थित मोरङ को सुन्दरहरैचा ७ मा रहेको श्री पञ्चायन दुग्ध उत्पादक सहकारी सस्थाले आफ्नो १० औ बार्सिक साधारण सभा सप्पन्न गरेको छ। शनिबार शिव पञ्चायन मन्दिर को सभाहलमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगर प्रमुख शिव प्र ढकालले यो नगर नै कृषि र दुग्ध जन्य पदार्थ मा निर्भर नगर भएकाले कृषि क्षेत्र मा विभिन्न कार्यक्रम सिर्जना गरि सहयोग गर्न आफू हर कदम तयार रहेको बताउनु भयो।उहाँले कृषि मा किसान लाई विभिन्न अनुदान र सहयोग पनि नगर को तर्फ बाट गरिरहेको जानकारी गराउनु भयो।

सस्थाका अध्यक्ष देवि प्र सिटैलाको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथीहरु कामधेनु दुग्ध बिकास संस्थाका अध्यक्ष बाबुराम खत्री र सुन्दरहरैचा वाड न ७ का वडा अध्यक्ष चैतान्य सिटौला रहनु भएको थियो भने अतिथिहरुमा साना किसान सुन्दरपुर का अध्यक्ष रबिन्द्र आचार्य , घर आगन बचत तथा ऋण सहकारी का प्रतिनिधि शंकर उप्रेती लगायत सहकारी बिज्ञ हरु को उपस्थिति रहेको थियो।

सो कार्यक्रम को सन्चालन सस्था का सचिब ड्न्ड बा खड्का ले गर्नु भएको थियो।सस्थाले आफ्ना सेयर सदस्य बाट जेष्ठ नागरिकमा बेद बिनोद पोख्रेल र ईन्द्र माया कार्कीलाई दोसल्ला ओडाइ सम्मान गरेको थियो यसैगरी See मा उत्कृष्ट अङ्क हासिल गर्ने केसब आचर्य र सौरभ भट्टराई गरि सस्था ले सबभन्दा बढी दुध बिक्रि गर्ने टिकाराम लुइँटेल , गुरस्तरिय दूध बिक्रि गर्ने शशिकान्त भट्टराई , नियमित दुध बिक्री गर्ने खेमराज पराजुलीलाई नगद सहित पुरस्कृत गरेको थियो।

प्रकाशित मिति: Nov 30, 2019

प्रतिक्रिया दिनुहोस्