Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सवारी साधन सञ्चालन निषेध भएकाले गोरुगाडामा चढेर मतदान

बर्दिवास :  मतदानका दिन सवारी साधन सञ्चालन निषेध भएकाले महोत्तरीको बलबा नगरपालिकाको मतदाताहरु आफ्नो जनप्रतिनिधि चुन्न गोरुगाडा प्रयोग गरेर मतदान केन्द्र पुगेका छन् ।

उपनिर्वाचन अन्तर्गत महोत्तरीको बलबा नगरपालिकाको दुईवटा वडामा शनिबार बिहानदेखि मतदान भइरहेको छ । वडा नम्बर २ र ८ मा वडाअध्यक्ष पदका लागि मतदान भएको हो ।

बिहान कुहिरो लागेको भएपनि मतदाताहरु आफ्नो जनप्रतिनिधि चुन्न मतदान केन्द्र पुगेका हुन् । चिसो बढेको भए पनि बिहानै मतदान केन्द्रमा मतदाताको घुइँचो लागेको छ ।

बलवा नगरपालिकामा रहेको जनता राष्ट्रिय प्राथमिक विद्यालय धमौरा, बनौटामा राखिएको मतदान केन्द्रमा सोही नगरपालिका–२ सरहन्चिया गाउँका केही बासिन्दा गोरु गाडामा चढेर मतदान केन्द्र पुगेका हुन् ।

जिल्ला प्रशासन कार्यालयले मतदानको दिन सवारी साधन चलाउन रोक लगाएपछि गाउँघरमा प्रचलित गोरुगाडा चढेरै मतदानका लागि हिँडेको स्थानीयको भनाइ छ ।

प्रकाशित मिति: Nov 30, 2019

प्रतिक्रिया दिनुहोस्