Logo
७ बैशाख २०८१, शुक्रबार
(November 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘साङ्लो’ लिएर आउँदैछिन् पूर्वमिस नेपाल निकिता चाण्डक

नेपाली कलिउडस्टार अभिनेता विराज भट्ट धेरै समयपछि फिल्मीपर्दामा देखिँदै छन् । ‘साङ्लो’ नाम गरिएको उक्त चलचित्रमा विराज पूर्व मिस नेपाल निकिता चाण्डकसँग रोमान्स गर्दै देखिने भएका छन् ।

माघ २४ गते रिलिज मिति घोषणा गरिएको फिल्मको अहिले एक पोष्टर सार्वजनिक गरिएको छ । ‘साङ्लो’ केही पहिले ९ फागुनमा रिलिज हुने घोषणा भएको थियो । तर उक्त मितिमा अन्य धेरै फिल्म प्रदर्शनमा आउने भएपछि ‘साङ्लो’ले रिलिज मिति परिवर्तन गरेर माघमा सारेको हो ।

फिल्म अभिनेता बिराजको निर्देशनमा बनेको यो उनको डेब्यु फिल्म हो । विराज फिल्मको पहिलो गीत बिहीबार रिलिज गर्ने तयारीमा छन् ।

फिल्ममा बिराज र निकितालगायत प्रकाश शाह, कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पि. पन्तलगायतका कलाकारको पनि अभिनय छ ।

श्री श्रेष्ठको द्वन्द्व निर्देशन, मानकृष्ण महर्जनको छायाँकन, सुरेश अधिकारी र राजनराज सिवाकोटीको संगीत र रहेको फिल्मको कथा शिवम अधिकारीले तयार पारेका हुन् ।

प्रकाशित मिति: Nov 27, 2019

प्रतिक्रिया दिनुहोस्