Logo
१६ चैत्र २०८०, शुक्रबार
(November 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुजल, श्रद्धा र दीप सागर अभिनित ‘बैनी झ्यालैमा…’ को भिडियो सार्वजनिक

बहिरा कलाकारा अभिनित गीत ‘बैनी झ्यालैमा…’ को भिडियो सार्वजनिक भएको छ । प्रकास दुतराजको स्वर, शब्द, सङ्गीत र कमल सौरागको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

प्रकाशकै निर्देशन कथा रहेको गीतको भिडियोमा बहिरा कलाकार सुजल बम, श्रद्धा भुसाल, दीप सागरको अभिनय रहेको छ भने दोभाषे शिलु शर्मा रहेकी छन् ।

करणले छायाँकन गरेको गीतको भिडियोमा उत्तमकुमार कार्की र सागरबाबु भट्टको सम्पादन रहेको छ । भिडियाको प्रोडक्सन म्यानेजर टेक बम हुन् ।

एभरेस्ट विश्व कृतिमानी तथा मिस एसइई २०१९ कि चौथो रनरअप बहिरा कलाकार सुजल बम द्वारा अभिनय गरिएको यो दोस्रो म्युजिक भिडियो हो ।

यस अघि विश्वकीर्तिमानी डा. डीआर उपाध्यायको गीत ‘झिम झिम परेली…’मा उनले अभिनय गरेकी थिइन । श्रद्धा भुसालको भने यो पहिलो हो म्युजिक भिडियो हो ।

भिडियो : 

 

प्रकाशित मिति: Nov 12, 2019

प्रतिक्रिया दिनुहोस्