Logo
८ बैशाख २०८१, शनिबार
(November 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय सर्वोच्च अदालतको फैसला : अयोध्याको विवादित जग्गामा राम मन्दिर बनाउन आदेश

भारतको सर्वोच्च अदालते रामको जन्मभूमि अयोध्याको विवादित जग्गासम्बन्धी मुद्दामा हिन्दुहरूको पक्षमा फैसला सुनाएको छ । अदालतले मस्जिद बनाउनका लागि पाँच एकड वैकल्पिक जग्गा उपलल्ब्ध गराउनुपर्ने फैसला पनि सुनाएको छ ।

विवादित जग्गा रामको मन्दिरको कि बाबरी मस्जिदको भन्ने विवाद थियो । शनिबार न्यायाधीश रञ्जन गोगोइ नेतृत्वको पाँच सदस्यीय बेञ्चबाट अयोध्याको भूमि राम मन्दिरकै रहने फैसला सर्वसम्मतीले सुनाएको हो ।

सर्वोच्च अदालतले केन्द्र सरकारलाई तीन महिनाभित्र अयोध्याबारे एक कार्ययोजना बनाउन निर्देशन दिएको छ । ट्रष्ट मार्फत् मन्दिर बनाउन अदालतले भनेको छ । भारतीय सर्वोच्च अदालतको यो फैसलालाई ऐतिहासिक मानिएको छ ।

हिन्दु र मुस्लिम समुदायले अयोध्याको विवादित जग्गामा आ-आफ्नो दाबी गर्दै आएका थिए । शनिबार सर्वोच्च अदालतले अन्तिम फैसला सुनाउनु अघिदेखि नै उत्तर प्रदेश, कर्नाटक, मध्य प्रदेश, दिल्ली र राजस्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यो फैसलासंगै भारतमा अघोषित रूपमा संकटकाल झै लगाइएको छ । फैसलापछि कुनै दङ्गा-फसाद नहोस् भनेर सुरक्षा ब्यवस्था कडा पारिएको छ । प्रायः शहरमा धारा १४४ लागू गरिएको छ  ।

त्यहाँका स्कुल कलेजहरु तीन दिनसम्म बन्द गरिएको छ । साथै सीमा नाकासमेत २४ घण्टाका लागि बन्द गरिएको छ । अलिगढ भन्ने स्थानमा इन्टरनेट सेवासमेत बन्द गरिएको छ ।

प्रकाशित मिति: Nov 9, 2019

प्रतिक्रिया दिनुहोस्